site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
लम्पसार नै हुनु छ भने जसपालाई २० मन्त्री दिए हुन्छ : भीम रावल
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेकपा (एमाले)बाट कारबाहीमा परेका नेता भीम रावलले मन्त्रिमन्डल विस्तारको चर्चाप्रति कटाक्ष गरेका छन् ।

जनता समाजवादी पार्टी (जसपा)को अध्यक्ष महन्थ ठाकुरपक्षीय नेताहरु सरकारमा सहभागी हुने तरखरमा छन् । जसपाले आठ मन्त्री र दुई राज्यमन्त्रीसहित सत्तासाझेदारीको तयारी गरिरहेको छ । सोही विषयप्रति रावलले टिप्पणी गरेका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

सोमबार राति ट्विट गर्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीले ‘लम्पसार’ नै हुनु छ भने जसपालाई २० मन्त्री दिएर बाँकी पाँच मन्त्री आफूसँग राखे हुने बताएका छन् । त्यसो गरे ‘खुसी पार्नुपर्ने शक्ति पनि मक्ख पर्ने’ उनको भनाइ छ ।

“जसपा (महन्थ पक्ष)लाई आठ मन्त्री र दुई राज्यमन्त्री दिइने भन्ने त्यस पार्टीका एक नेताको भनाइ आयो । प्रम केपीले लम्पसार नै हुनु छ भने जसपालाई २० मन्त्री दिएर बाँकी ५ मन्त्री आफूसँग राखेर पूरै समर्पण गरी धूपबत्ती गरे कसो होला ! यसो गर्दा खुसी पार्नुपर्ने ‘शक्ति’ पनि मक्ख पर्ने !,” उनले लेखेका छन् ।

Global Ime bank

सरकारमा सहभागी हुने विषयमा जसपाका नेताहरुले सोमबारै प्रधानमन्त्री ओलीसँग बालुवाटारमा छलफल गरेका थिए । अध्यक्ष ठाकुरपक्षीय नेताहरु एक–दुई दिनभित्रै सरकारमा सहभागी हुने तयारीमा छन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ १८, २०७८  ०९:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC