site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
माधव नेपालहरू एमालेको सिता खाएर देउवाको गीता गाउन थाल्नुभयो : महेश बस्नेत
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेकपा (एमाले)का केन्द्रीय सदस्य महेश बस्नेतले माधवकुमार नेपाल पथभ्रष्ट बाटोमा हिँडेको आरोप लगाएका छन् । साेमबार युवा संघ नेपाल केन्द्रीय सचिवालय बैठकलाई सम्बोधन गर्दै एमालेका असन्तुष्ट झलनाथ खनाल, माधवकुमार नेपालसहितका नेताहरू ‘एमालेको सिता खाएर शेरबहादुर देउवाको गीता’ गाउन थालेको बताएका हुन् । 

उनले माधवकुमार नेपालहरू हिजो ‘प्रतिगमन आधा सच्चिएको भन्दै ज्ञानेन्द्र शाहले बनाएको सरकारमा जान हतारिएको र आज प्रतिगमन भन्दै हिँडेको भन्दै आश्चर्य प्रकट गरे । 

Prabhu Bank
Agni Group
NIC Asia

माधवकुमार नेपालहरू कहीँ नपुग्ने उनको ठोकुवा थियो । उनले तत्कालीन माओवादीले जनयुद्धका नाममा अर्बौंको भौतिक संरचना ध्वस्त बनाएको र त्यही कारणले मुलुक पछि परेको बताए । 

त्यतिबेला ध्वस्त भएका संरचना अहिले निर्माण हुन थालेको बस्नेतको जिकिर थियो ।  उनले नेता नेपालहरू पश्चात्ताप गर्दै एमालेमा ओलीसँग मिल्नै आइपुग्नुपर्ने बताए । 

Global Ime bank

“हिजो झलनाथ र माधवकुमार नेपालले चलाएको पार्टी हेरौँ । हिजो एमाले न पोथी, न भालेको अवस्थामा, लिंग नछुट्टिएको अवस्थामा थियो । आज अन्तर्राष्ट्रिय मञ्चमा केपी ओलीको खोजी हुन थालेको छ । राष्ट्र प्रमुखहरूको सम्मेलनमा नेपाल फर्स्ट बेञ्चर बन्न थालेको छ । हिजो ब्याक बेञ्चर थियो,” युवा संघका इन्चार्जसमेत रहेका उनले भने । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ १७, २०७८  २२:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC