site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
केपी ओली आधुनिक नेपालका निर्माता हुन् : महेश बस्नेत 
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेकपा (एमाले)का केन्द्रीय सदस्य महेश बस्नेतले माधवकुमार नेपाल पथभ्रष्ट बाटोमा हिँडेको आरोप लगाएका छन् । युवा संघ नेपाल केन्द्रीय सचिवालय बैठकलाई सम्बोधन गर्दै एमालेका असन्तुष्ट झलनाथ खनाल, माधवकुमार नेपालसहितका नेताहरू ‘एमालेको सिता खाएर शेरबहादुर देउवाको गीता’ गाउन थालेको बताएका हुन् । 

उनले माधवकुमार नेपालहरू हिजो ‘प्रतिगमन आधा सच्चिएको भन्दै ज्ञानेन्द्र शाहले बनाएको सरकारमा जान हतारिएको र आज प्रतिगमन भन्दै हिँडेको भन्दै आश्चर्य प्रकट गरे । 

माधवकुमार नेपालहरू कहीँ नपुग्ने उनको ठोकुवा थियो । उनले तत्कालीन माओवादीले जनयुद्धका नाममा अर्बौंको भौतिक संरचना ध्वस्त बनाएको र त्यही कारणले मुलुक पछि परेको बताए । 

Prabhu Bank
Agni Group
NIC Asia

त्यतिबेला ध्वस्त भएका संरचना अहिले निर्माण हुन थालेको बस्नेतको जिकिर थियो ।  उनले नेता नेपालहरू पश्चात्ताप गर्दै एमालेमा ओलीसँग मिल्नै आइपुग्नुपर्ने बताए । 

“हिजो झलनाथ र माधवकुमार नेपालले चलाएको पार्टी हेरौँ । हिजो एमाले न पोथी, न भालेको अवस्थामा, लिंग नछुट्टिएको अवस्थामा थियो । आज अन्तर्राष्ट्रिय मञ्चमा केपी ओलीको खोजी हुन थालेको छ । राष्ट्र प्रमुखहरूको सम्मेलनमा नेपाल फर्स्ट बेञ्चर बन्न थालेको छ । हिजो ब्याक बेञ्चर थियो,” युवा संघका इन्चार्जसमेत रहेका उनले भने । 

Global Ime bank

उनले केपी ओली आधुनिक नेपालका निर्माता भएको जिकिर गरे ।  उनले केपी ओली मनमोहनपछिको विकासवादी नेता भएको बताए । 

“केपी ओली आधुनिक नेपालका निर्माता हुन्, तथ्यहरूले यही भन्छ,” उनको जिकिर थियो । हुलाकी राजमार्ग, मदन भण्डारी, मध्यपहाडी राजमार्ग प्रधानमन्त्री ओलीकै पालमा बनेको र सडक सञ्जाल निर्माणको तथ्यले पनि उनी विकासवादी नेता भएको ठहर्ने बस्नेतको भनाइ थियो । 

उनले सामाजिक सञ्जालमा एमाले, केपी ओलीविरुद्ध भ्रम फिँजाइएको भन्दै त्यस्ता तत्त्वहरूलाई युवा संघ नेपालले साइबर सेना बनाएर उनीहरूलाई तह लगाउनुपर्ने बताए । 

“सामाजिक सञ्जालमा भ्रम फैलाउनेहरूलाई तह लगाउन हामी नै काफी छौँ । सरकारको संरचना चाहिँदैन । हामीले तह लगाउनुपर्छ,” उनले भने । 

उनले डा. बाबुराम भट्टराई सामाजिक सञ्जालमा प्रधानमन्त्रीविरुद्ध भ्रम फिँजाउने मध्यराति बालुवाटारमा गएर ओलीसँग सरकारको नेतृत्व माग्ने द्वेध चरित्रको भएको बताए । 

“उपेन्द्र यादव आफू स्वास्थ्यमन्त्री हुँदा मधेसका मुद्दा कहाँ हाले ? कहाँ लुकाए ?” उनको प्रश्न थियो, “जसपाका केही नेताहरू अमूक मन्त्री पाए हामी तपाईंहरूबाट टाढा हुँदैनौँ भनिराख्नुभएको छ । माओवादी केन्द्रका केही सांसद हामी पनि एमालेमा आउँछौँ भनिरहेका छन् । कांग्रेसभित्र पनि त्यस्तै छ । हामी यस्ता क्रियाकलाप लाग्दैनौँ । उहाँहरूले नै हामीलाई सांसद अपहरण गरे भन्ने आरोप लगाउँछन् ।” 

उनले एमालेलाई सबल, सुदृढ बनाएर आगामी निर्वाचनमा दुई तिहाइ मत ल्याउन सक्षम हुनुपर्ने पनि बताए । त्यसका लागि युवा संघले भ्रष्टाचार गर्दैनन्, अनियमितता गर्दैनन् भन्ने तथ्य स्थापित गर्नुपर्ने पनि बताए । उनले युवा सदाचारको बाटोमा अग्रसर हुँदा युवा आन्दोलन सवल हुने पनि बताए ।
 

 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ १७, २०७८  १३:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC