site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
राष्ट्रियसभा उपनिर्वाचन : मतदान सुरु, मतपरिणाम आजै भर्चुअल माध्यमबाट सार्वजनिक गरिने   
Sarbottam CementSarbottam Cement

काठमाडौं । लुम्बिनी प्रदेशअन्तर्गत राष्ट्रियसभामा रिक्त एक पदमा आज उपनिर्वाचन भइरहेको छ । राष्ट्रियसभा सदस्य रहेका चन्द्रबहादुर खड्का नेकपा (एमाले) प्रवेश गरेपछि नेकपा (माओवादी केन्द्र)ले कारबाही गर्दा रिक्त भएको पदमा उपनिर्वाचन भएको हो ।

दाङको घोराही उपमहानगरपालिकास्थित कर्मचारी मिलनकेन्द्रलाई निर्वाचन आयोगले मतदानस्थल तोकेको छ । उक्त मतदानस्थलमामा मतदान सुरु भएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

प्रदेशसभा सदस्यका लागि (क), गाउँपालिका अध्यक्ष–उपाध्यक्ष र नगरपालिकाका प्रमुख र उपप्रमुखका लागि (ख) र कोभिड संक्रमितका लागि (ग) मतदान केन्द्र तोकिएको आयोगले जनाएको छ ।

उक्त निर्वाचनमा नेकपा एमालेको तर्फबाट चन्द्रबहादुर खड्का र विपक्षी गठबन्धनकातर्फबाट दृगनारायण पाण्डे उमेदवार छन् । पाण्डे नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चा पार्टीका साझा उमेदवार हुन् ।

Global Ime bank

उपनिर्वाचनमा प्रदेशकातर्फसभा सदस्य ८३ र गाउँपलिकाका अध्यक्ष–उपाध्यक्ष, नगरपालिकाका प्रमुख–उपप्रमुख २१७ गरी जम्मा ३०० मतदाता छन् । मतदाताको अन्तिम नामावलीमा प्रदेशसभा अन्तर्गत ७९ सदस्यको मात्रै नाम भएपनि जनता जसपाका चार सांसदलाई पनि मताधिकार दिइएपछि ८३ सदस्य भएको हो ।
 
जसपाका अध्यक्ष उपेन्द्र यादव समूहले पार्टी निर्णयविपरीत सरकारमा सहभागी भएको भन्दै कारबाही गरेपछि उनीहरुको प्रदेशसभा सदस्य पद रिक्त भएको थियो । तर, सर्वोच्च अदालतले प्रदेशसभा सदस्यहरु सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र सुमन शर्मा रायमाझी र कल्पना पाण्डेलाई प्रदेशसभा सदस्यबाट मुक्त गरिएको निर्णय कार्यान्वयन नर्गन अन्तरिम आदेश दिएको थियो । त्यसैअनुसार आयोगले हिजो मात्रै उनीहरुले पनि मतदान गर्न पाउने निर्णय गरेको छ । 

बिहान ९ बजेदेखि सुरु मतदानको समय दिउँसो ३ बजेसम्मका लागि तोकिएको आयोगले जनाएको छ ।  

निर्वाचनको नतिजा भर्चुअल माध्यमबाट आज नै सार्वजनिक गरिने सहायक निर्वाचन अधिकृत निमराज भट्टराईले जानकारी दिए । राष्ट्रियसभा उपनिर्वाचनमा प्रदेशसभा सदस्यको ४८ र स्थानीय तहका प्रतिनिधिको १८ मतभार गणना हुन्छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ १७, २०७८  ०९:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC