विदेश
वासिङ्टन । एउटा सानो सेस्ना जेट विमान शनिबार संयुक्तराज्य अमेरिकाको टेनिसी पोखरीमा दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबैको मृत्यु भएको अधिकारीहरुले बताएका छन् ।
सेस्ना सी ५०१ विमान पर्सी प्रिस्ट लेकमा शनिबार बिहान दुर्घटनाग्रस्त भएको थियो । प्रारम्भिक विवरणमा स्मिर्ना विमानस्थलबाट उडेको केही समयभित्रै विमान पोखरीमा खसेको उल्लेख छ ।
उद्धारकर्मीका अनुसार विमानमा सवार सबै सातजनाको ज्यान गएको छ । संघीय हवाई उड्डयन प्रशासनले विमान दुर्घटनाका बारेमा अनुसन्धान सुरु भइसकेको जनाएको छ । रासस/सिन्ह्वा
प्रकाशित मिति: आइतबार, जेठ १६, २०७८ १४:२६
प्रतिक्रिया दिनुहोस्