site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
‘पहुँचवालालाई खोप लगाएको’ विषयमा मुख्यमन्त्री राईको सचिवालयद्वारा प्रष्टीकरण
Sarbottam CementSarbottam Cement

विराटनगर । प्रदेश नम्बर–१ मा मन्त्री र पहुँचवालाको सिफारिसमा आफूनिकटलाई कोरोनाविरुद्धको खोप लगाएको विषयप्रति मुख्यमन्त्री शेरधन राईको सचिवालयले स्पष्टीकरण दिएको छ ।

मुख्यमन्त्री राईको निजी सचिवालयले प्रदेश–१ का सबै नागरिकका लागि खोप लगाउन संघीय सरकारसँग समन्वय गर्दै खोप खरिदबारे परामर्श गरिरहेको जनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

केही दिनयता सामाजिक विकासमन्त्री उषाकला राईको सिफारिसमा पार्टीका सीमित कार्यकर्ता, कर्मचारी र व्यापारीलाई कोभिसिल्डको दोस्रो डोज खोप सुटुक्क लगाएको विषयमा नागरिकस्तरबाटै आलोचना र टिप्पणी भइरहेको छ । सिनेमा हलमा खोप लगाएपछि त्यहाँ अवरोध गर्दै सर्वसाधारणले विरोध गरेका थिए ।

यस घटनामा मुख्यमन्त्री कार्यालयको संलग्नता नरहेको जनाउँदै राईका प्रेस सल्लाहकार ध्रुव सुवेदीले विराटनगरमा खोपको विषयलाई लिएर केही सञ्चारमाध्यममा आएको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । मुख्यमन्त्री निवासमा खोप लगाउने योजना र मुख्यमन्त्री कार्यालयमा खोप लगाउने कार्यक्रम राखिएको भन्ने गलत भएको दाबी गर्दै उनले भनेका छन्, “मुख्यमन्त्रीको सचिवालयको दबाबमा खोप लगाएको भन्नेजस्ता अनर्गल एवम् प्रायोजित रुपबाट गरिएको प्रचार र लेखिएका समाचारहरुप्रति खेद प्रकट गर्दै त्यस्ता भ्रमपूर्ण र प्रायोजित समाचारहरुको हामी खण्डन गर्दछौँ ।”

Global Ime bank

पहिलो डोज खोप लगाएका सबैलाई प्रोटोकलानुसार मौज्दात खोपबाट दोस्रो डोजको खोप लगाउँदै थप खोपको व्यवस्था गर्न र बाँकी सबै नागरिकका लागि खोपको शीघ्र व्यवस्था गर्न अहोरात्र मुख्यमन्त्री राई जुटिरहेको सुवेदीले प्रकासित गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रदेश सरकार प्रदेशका नागरिकलाई कोभिड–१९ को भाइरसबाट बचाउन, त्यसको रोकथाम, नियन्त्रण र उपचारमा सबै उपाय, स्रोत र सामर्थ्य जुटाएर अहोरात्र सक्रिय रहेको पनि विज्ञप्तिमा जनाइएको छ । प्रदेशका सबै नागरिकका लागि खोप लगाउन संघीय सरकारसँग समन्वय गर्दै खोप खरिदबारे पनि परामर्श गरिरहेको जनाइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ १६, २०७८  १०:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC