देश
काठमाडौं । ललितपुरमा घातक रसायन मिसाएर ‘स्यानिटाइजर’ बनाउने उद्योग सिल गरिएको छ । महानगरीय अपराध महाशाखाको टोलीले इमाडोलमा रहेको ‘स्यानिटाइजर’ उत्पादन गर्ने उद्योग सिल गरेको हो ।
महाशाखाको टोलीले सिल गरेको उद्योगमा हजारौं लिटर घातक ‘स्यानिटाइजर’ रहेको प्रहरीले बताएको छ । महाशाखाका एक अधिकारीले भने, “यो कम्पनीले घातक रसायन ‘स्यानिटाइजर’मा मिसावट गरेको सूचनापछि हामीले उद्योग सिल गरेका छौं । थप अनुसन्धान अगाडि बढाएका छौं ।”
उद्योगको नाम र कागजपत्रसमेत अस्पष्ट भएको महाशाखाले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, जेठ ९, २०७८ १५:१७
प्रतिक्रिया दिनुहोस्