site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
तीन वर्षदेखि अलपत्र बानेश्वरको आकासे पुल निषेधाज्ञामा बन्दै
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । निषेधाज्ञाकै बीच काठमाडौंको बानेश्वरस्थित तीन वर्षदेखि अलपत्र आकासे पुल निर्माणको काम अघि बढेको छ । यसअघि निर्माण व्यवसायीले कोरोना महामारीले निर्माण गर्न नसकिएको बताइरहेका थिए । ठेक्का सम्झौता सकिएको डेढ वर्षपछि पुल निर्माणको काम अघि बढाएको सडक डिभिजन कार्यालय काठमाडौंले जनाएको छ । 

सडक डिभिजन कार्यालय काठमाडौंका प्रमुख कुबेर नेपालीले निषेधाज्ञाकै बीच आकासे पुल निर्माणको काम अघि बढाएको  जानकारी दिए । उनका अनुसार निर्माण व्यवसायीले यसअघि पुलको जग र पिलर राख्नेलगायत निर्माणको काम गरेर अलपत्र पारेर छोडेका थिए । ‘‘लामो समयदेखि रोकिएको आकासे पुलमा अहिले स्टिल ट्रस राख्ने काम भइरहेको छ । दोस्रो लहरको संक्रमणको बेलामा निर्माण व्यवसायीले पुल निर्माणको काम थालेको छ,” प्रमुख नेपालीले भने, ‘‘निषेधाज्ञाका कारणले काममा केही ढिलासुस्ति भयो । त्यस बाहेक हाम्रा केही प्राविधिक कारणले ढिलो भएको थियो । पुलको जग र पिलर राख्ने काम पहिल्यै भइसकेको थियो । डिजाइन परिवर्तन गरी पुलको निर्माण थाल्दा पनि थप निर्माणको काममा बाधा उत्पन्न भयो ।”

डिभिजन कार्यालयका अनुसार अहिले निर्माणाधीन आकासे पुलमाथि ट्रस फिटिङको काम भइरहेको छ । प्रमुख नेपालीका अनुसार जेठ महिनाभित्रै आकासे पुल तयार बनाउने गरि काम अगाडि बढिरहेको छ । ‘‘आकासे पुलको माथिल्लो भागमा स्वास्थ्य मापदण्ड अपनाएर निर्माणको काम भइरहेको छ,” प्रमुख नेपालीले भने, ‘‘निषेधाज्ञाकैबीच हामी निर्माण व्यवसायीसँग छलफल गरेका थियौँ । छलफलपछि निर्माण व्यवसायीले निषेधाज्ञाको समयमा पुल निर्माणको काम गर्न सहज हुने बताएपछि आकासे पुल निर्माण गर्न थालिएको छ । निषेधाज्ञाको समयमा सडकमा सवारी चाप हुँदैन । स्टिल ट्रस फिनिसिङ गर्दा सडक अवरोध हुन्छ । जुन काम सडकमा सवारी चाप भएकाबेलामा अप्ठेरो हुन्थ्यो र सवारी साधन प्रभावित हुन्थे । त्यसैले निषेधाज्ञामा सडकमा स्टिल ट्रस जोड्ने काम भइरहेको छ । स्टिल ट्रस जोडिसकेपछि पिलरमाथि फिनिसिङ गरिनेछ ।”

KFC Island Ad
Dabur Nepal
NIC Asia

 

Royal Enfield Island Ad

बानेश्वर चोकमा आकासे पुल निर्माणको लागि सडक डिभिजन कार्यालय काठमाडौं र प्राकृतिक रपवन जेभीबीच २०७५ चैत २५ गते ठेक्का सम्झौता भएको थियो । ठेक्का सम्झौता अनुसार दुई करोड चार लाख रुपैयाँ थियो । ठेक्का सम्झौता बमोजिम व्यस्त सडक बानेश्वरमा २०७६ पुस मसान्तसम्ममा आकासे पुल निर्माण भइसक्नुपर्ने थियो । 

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार काठमाडौंका मुख्य सडकमा आकासे पुल नबन्दा दुर्घटनाहरु निम्तिएका थिए । महाशाखाका एसएसपी जनक भट्टराई बानेश्वरमा आकासे पुल नहुँदा पैदलयात्रुलाई बाटो काट्न असहज भएको बताउँछन् । एसएसपी भट्टराई भन्छन्, ‘‘यसले पैदलयात्रुलाई प्रत्यक्ष असर परिरहेको छ । बानेश्वर चोक अत्याधिक सवारी चाप हुने सडक मध्ये एक हो । अब पुल निर्माण भएपछि ट्राफिक व्यवस्थापन गर्न सहज हुनेछ ।”
साथै पैदलयात्रु, सवारी साधन पनि धेरै हदसम्म दुर्घटनाको जोखिमबाट जोगिने महाशाखाको भनाइ छ । 

डिभिजन कार्यालय काठमाडौंका अनुसार आकासे पुल जेठ महिनाभित्रै तयार हुँदैछ । उक्त आकासेपुलको लम्बाइ ३८ मिटर रहेको छ । 

तस्विर : सडक डिभिजन कार्यालयका प्रमुख कुबेर नेपाली 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ ९, २०७८  १२:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro