site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
बूढीगंगा गाउँपालिकाको कोरोना अस्पताल सञ्चालन
Sarbottam CementSarbottam Cement

विराटनगर । मोरङको बूढीगंगा गाउँपालिकाले कोरोना संक्रमितको उपचार गर्न अस्पताल सञ्चालन गरेको छ ।

गाउँपालिकाले अक्सिजन, चिकित्सक र औषधि सेवासहितको अस्थायी कोरोना अस्पताल सञ्चालन गरेको हो । ठूला अस्पतालमा समेत  बेड पाइन छाडेपछि १० बेडको अस्थायी कोभिड अस्पताल सञ्चालनमा ल्याइएको गाउँपालिकाका अध्यक्ष बालचन्द्र माझीले जानकारी दिए । “बाँसबारी भन्ने ठाउँमा हामीले १० बेडको अस्पताल सुरु गरेका छौँ । १० बेड थप्ने योजना छ,” उनले भने ।

Prabhu Bank
Agni Group
NIC Asia

विराटनगर महानगरपालिकाको छिमेकी बूढीगंगा गाउँपालिकामा पछिल्लो समय संक्रमितको संख्या थपिँदो छ ।

गाउँपालिकाले अस्पताल सञ्चालन गर्न ४० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । अस्पतालमा एक्सरे, ईसीजीलगायत सेवा उपलब्ध छ ।

Global Ime bank

गाउँमा सञ्चालित अस्पतालका लागि थप स्वास्थ्य सामग्री आवश्यक रहेकोले प्रदेश नम्बर–१ सामाजिक विकास मन्त्रालयसँग माग गरिएको नेपाली कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले बताए ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ ३, २०७८  १८:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement