site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
चौधरी फाउन्डेसनले १८ बेडको आईसीयू वार्ड र ३ अक्सिजन प्लान्ट स्थापना गर्ने
Siddhartha BankSiddhartha Bank

काडमाडौं । कोभिड–१९ को दोस्रो लहरका कारण नेपालमा उत्पन्न स्वास्थ्य संकटमा योगदान पुर्‍याउन चौधरी फाउन्डेसनले देशकै जेठो वीर अस्पतालमा आईसीयू वार्ड र अक्सिजन प्लान्ट स्थापना गर्नमा नेतृत्व लिएको छ ।

नेपालको स्वास्थ्य प्रणालीमा दीर्घकालीन महत्व राख्ने केही परियोजनाहरूमा काम गर्ने निर्णय गर्दै फाउनडेसनले वीर अस्पतालमा १८ शैयाको अत्याधुनिक आईसीयू वार्ड स्थापना गर्ने जनाएको छ । साथै वीर अस्पतालको नयाँ भवनमा अक्सिजन प्लान्ट स्थापना गर्ने फाउन्डेसनले जनाएको छ ।

“एक–दुई दिनभित्रै चिकित्साशास्त्र अध्ययन प्रतिष्ठान (नाम्स) र चौधरी फाउन्डेसनबीच अक्सिजन प्लान्ट र आईसीयू वार्ड स्थापनाको सम्झौतामा हस्ताक्षर हुनेछ,” फाउनडेसनले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

Agni Group
NIC Asia

यस्तै फाउन्डेसनले सुदूरपश्चिम प्रदेशको धनगढी नगरपालिका र कर्णाली प्रदेशको सुर्खेत नगरपालिकामा एक–एक वटा अक्सिजन प्लान्ट स्थापना गर्ने भएको छ । त्यसका लागि  दुवै नगरपालिकासँग आवश्यक सहमति भइसकेको समेत फउन्डेसनले जनाएको छ ।

वीर अस्पताल, धनगढी र सुर्खेतमा स्थापना गरिने अक्सिजन प्लान्टको क्षमता ५० क्युबिक लिटर/प्रतिघण्टा हुनेछ ।  यसअनुसार एक दिनमा ४० लिटर क्षमताका १५० सिलिन्डर अक्सिजन सकिन्छ ।

Global Ime bank

फाउन्डेसनले अक्सिजन प्लान्ट स्थापनाका लागि आफ्ना साझेदार एवं स्थानीय नगरपालिकाहरूसँग सहकार्य गर्ने उलेख छ । अक्सिजन प्लान्टका लागि आवश्यक पर्ने सामग्री आयात फाउन्डेसनको टिम खटिरहेको केही दिनभित्रै सामग्री आयात गरी प्लान्ट निर्माण हुने विशवास लिएको फान्डेसनको जनाएको छ ।

यसका साथै चौधरी फाउन्डेसन तत्काल अक्सिजन कन्टन्ट्रेसन आयात गरी अक्सिजनको चर्को अभाव खेपिरहेका अस्पतालहरूलाई उपलब्ध गराउन प्रतिबद्ध रहेको विज्ञप्तीमा ल्लेख छ । ती कन्सन्ट्रेसनहरू काठमाडौं र बाहिरका अस्पतालहरूमा वितरण हुोछन् । आपतकालीन स्वास्थ्य व्यवस्थापनका लागि करिब १० करोड रुपैयाँ खर्च हुने अनुमान रहेको फउन्डेसनको जनाएको छ ।

चौधरी फाउन्डेसनका अध्यक्ष औद्येगिक घराना चौधरी ग्रुपको प्रमुख विनोध चौधरीले कोरोना महामारीले देशभरका नागरिकलाई आक्रान्त बनाएको र यसको नियन्त्रणका लागि आपतकालीन स्वास्थ्य व्यवस्थापन अत्यन्तै जरुरी देखिएकाले फाउन्डेसनले एकीकृत योजना अगाडि सारेको बताए ।

“अहिलेको मुख्य समस्या चिन्ताजनक अवस्थामा पुगेका बिरामीको जीवन रक्षा गर्नु हो, यसका लागि आईसीयू वार्ड, अक्सिजन प्लान्ट, अक्सिजन कन्सन्ट्रेटर सबैभन्दा महत्वपूर्ण स्वास्थ्य उपकरण हुन्,” उनले भने, “हाम्रो अहिलेको सम्पूर्ण ध्यान कोरोनाका बिरामीको उपचारमा लगाउनुपर्छ । हामी यही उद्देश्यका साथ कोरोनाविरुद्धको अभियानमा अगाडि बढेका छौँ ।”

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ २, २०७८  २१:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu