site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
यसरी चल्दैछ राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण
तस्बिर : सुनिल प्रधान/बाह्रखरी
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण बुधबारबाट सुरु भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले बुधबारबाट राष्ट्रिय टोलीको प्रशिक्षण सुरु गरेको हो ।

कोरोना महामारीकाबीच नेपाली टोलीले तयारी गरिरहेको छ ।  सातदोबाटोस्थित एन्फाको मैदानमा राष्ट्रिय टोलीको प्रशिक्षण सुरु गरेको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

नेपाली टोलीले कुवेती प्रशिक्षक अब्दुल्लाह अलमुताईरीको  प्रशिक्षण थालेको छ ।

Global Ime bank

नेपालले आगामी महिना इराकसँग हुने मैत्रिपूर्ण खेलका लागि टोलीले प्रशिक्षण थालेको हो । नेपालले मे २९ मा इराकसँग खेल्ने तालिका रहेको छ ।

 

प्रशिक्षक अब्दुल्लाहले प्रशिक्षणका लागि ३२ खेलाडीलाई बोलाएका छन् । जसमा मनिष डांगी, स्यान्सु भुषाल, गौतम श्रेष्ठ र विवेक बस्नेतले पहिलो पटक नेपाली टोलीको प्रारम्भिक टोलीमा स्थान बनाएका छन् ।

प्रशिक्षक अब्दुल्लाहले बिहान र दिउँसो दुई सिफ्टमा टिम अभ्यास गराईरहेका छन् । 
नेपालले इराकसँगको मैत्रिपूर्ण खेलपछि फिफा विश्वकप छनोटका बाँकी तीन खेल्नेछ । 

नेपाली टिम :

गोलरक्षक : किरण कुमार लिम्बु, विकेश कुथु, विशाल सुनार, दिप कार्की ।

डिफेण्डर : अजित भण्डारी, रन्जित धिमाल, निशान खड्का, रोहित चन्द, अनन्त तामाङ, छिरिङ गुरुङ, गौतम श्रेष्ठ, विकाश खवास, दिनेश राजबंशी ।

मिडफिल्डर : त्रिदेभ गुरुङ, मनिष डांगी, तेज तामाङ, एरिक विष्ट, संजोक राई, विशाल राई, सुनिल बल, रवि शंकर पासवान, सेसेहाङ आङ्देम्बे, सन्तोष तामाङ, विवेक बस्नेतल, प्रकाश बुढाथोकी, स्यान्सु भुषाल, अन्जन बिष्ट, सुमन लामा ।

स्ट्राइकर : दर्शन गुरुङ, अभिषेक रिजाल, भरत खवास, नवयुग श्रेष्ठ ।

तस्बिरहरू : सुनिल प्रधान

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख ३१, २०७८  २१:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement