site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
अन्योलमा लगानीकर्ता : नेप्से ०.५६ अंकले बढ्दा ५ अर्ब ३३ करोडको कारोबार
Sarbottam CementSarbottam Cement

काठामाडौं । साताको चौथो कारोबार दिन बुधबार उतारचढावबीच सेयर बजारमा १ अंकभन्दा कमको वृद्धि भएको छ । बुधबार बजार परिसूचक नेप्से ०.५६ अंकले बढेर २६७३.८८ अंकमा बन्द भएको छ । नेप्से सँगैं ‘क’ वर्गका कम्पनीहरुलाई मापन गर्ने सुचक सेन्सेटिभ इन्डेक्स पनि ०.१४ अंकले बढेर ४७८.३८ अंकमा बन्द भएको छ ।

कोभिडको प्रभाव बढ्दै गएको र राजनीतिक अन्यौलता पनि बढेकोले सेयर बजारमा लगानीकर्ता पर्ख र हेरको अवस्थामा छन् । जसले गर्दा बजार परिसूचकमा खासै उतारचढाव देखिएको छैन । तर, ट्रेडरहरुले पनि सस्तो सेयर मुल्य भएको हाइड्रोपावर कम्पनीमा खेल्न खोजेका छन् । जसले गर्दा हाड्रोपावर उपसूचक भने करिब ३२ अंकले बढेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

सोमबार ३ साता यताकै न्युन कारोबार भएको बजारमा मंगलबार बजार परिसूचक सँगैं कारोबार रकम पनि बढेको थियो । तर आज कारोबार रकम केही घट्यो भने बजार परिसूचक पनि स्थिर रह्यो । सुरुवातमा घट्ने संकेत देखिएपनि १ बजेतिर बजार  बढ्न संकेत देखिएको थियो तर खरिदा चाप पनि न्युन र विक्री चाप पनि न्यून देखिँदा बजारमा स्थिरता देखिएको छ ।

बजारलाइ लिड गर्ने बैंकिङ उपसूचक ०.१९ प्रतिशतले ओरालो लाग्दा, व्यापार, होटेल तथा पर्यटन, अन्य लघुवित्त र जीवन बिमा उपसूचकमा गिरावट आएको छ । यता उत्पादन उपसूचक १.७८ पतिशत, वित्त कम्पनी उपसूचक १.१८ प्रतिशत र हइड्रोपावर उपसूचक १.२२ प्रतिशतले बढेको छ । यस्तैं निर्जीवन बिमा, विकास बैंक, लगानी र म्युचुअल फन्ड उपसूचक पनि सामान्य बढेको छ ।

Global Ime bank

बजार परिसूचक स्थिरजस्तै रहँदा सवा ५ अर्ब माथिको कारोबार भएको छ । १ करोड ४८ लाख ५४ हजार ४२२  कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ३२ करोड ६० लाख  ५२ हजारको कारोबार भएको छ । आज कारोबार रकममा नेपाल पुनर्बिमा कम्पनीले लिड गर्दा जलविद्युत लगानी तथा विकास कम्पनीले पछ्याएको छ ।

नेपाल पुनर्बिमा कम्पनीका ३५ करोड १६ लाख २५ हजार र जलविद्युत लगानी तथा विकास कम्पनीको २६ करोड ९५ लाख ३४ हजारको कारोबार भएको छ ।

बजार परिसूचक बढ्न नसकेपनि १२ कम्पनीको सेयर मुल्यमा भने सकारात्मक सर्किट लागेको छ । सकारात्मक सर्किट लाग्नेमा नारायणी विकास बैंक, बोटलर्स नेपाल तराई, आखु खोला जलविद्युत कम्पनी, विशाल बजार कम्पनी र रुरु जलविद्युत कम्पनी रहेका छन् । यस्तै समता घरेलु लघुवित्त, खानिखोला हाइड्रोपावर, युनियन हाइड्रोपावर, एनआएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट कम्पनी, दिेव्यश्वरी हाइड्रोपावर, युनिलिभर नेपाल र जोशी हाइड्रोपावरको सेयर मुल्यमा पनि सकारात्मक सर्किट लागेको छ ।

ट्रेडहरुको रोजाइमा सस्तो मुल्यका जलविद्युत कम्पनीको सेयर परेको देखन्छ । जसले गर्दा अधिकांश त्यस्ता कम्पनीको सेयर मुल्य बढेको छ । यता साल्ट ट्रेडिङ कर्पोरेसन र सानिमा जनरल इन्स्योरेन्सको सेयर मुल्य भने २ प्रतिशत माथिले घटेको छ । आज कारोबारमा आएका ८६ कम्पनीको सेयर मुल्य बढ्दा ८९ कम्पनीको सेयर मुल्य घटेको छ । यस्तैं ९ कम्पनीको सेयर मुल्य भने स्थिर रह्यो ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख २९, २०७८  १५:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC