site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
जेठ १३ गतेसम्म लम्बियो काठमाडौं उपत्यकाको निषेधाज्ञा
Sarbottam CementSarbottam Cement

काठमाडौं । काठमाडौं उपत्यकामा १५ दिन निषेधाज्ञा थप भएको छ । आज काठमाडौं, भक्तपुर, ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले १५ दिन निषेधाज्ञा थप्ने निर्णय गरेको हो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार आजको बैठकले आउँदो जेठ १३ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

‘‘हामीले १५ दिनको लागि निषेधाज्ञा जारी गरिसकेका छौँ ।  अब तीनवटै जिल्ला प्रशासनका प्रजिअको हस्ताक्षण गर्न बाँकी छ । त्यसपछि सार्वजनिक गर्नेछौँ,” प्रजिअ पराजुलीले भने ।

पराजुलीले यसअघि पार्टी प्यालेसमा हुँदै आएको विवाह, ब्रतबन्ध र भोजजस्ता सबै कार्यक्रममा रोक लगाइएको बताए । उनले अत्यावश्यक परेकाले स्वास्थ्य मापदण्ड अपनाएर घरमै विवाहजस्ता कार्यक्रम गर्न सक्ने र त्यसका लागि अनुमति आवश्यक नभएको बताए । यसअघि जारी भएको निषेधाज्ञा भोलि मध्यरातमा सकिँदैछ ।

Global Ime bank

अन्य निर्णयहरु भने यसअघिका निषेधाज्ञामा क्रममा भएकाहरुको निरन्तरता रहेको पराजुलीले जानकारी दिए । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख २८, २०७८  १३:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC