site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
भारतबाट काठ काटेर ल्याउने ६ जना पक्राउ
प्रतीकात्मक तस्बिर ।
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

कञ्चनपुर । निषेधाज्ञाको उल्लंघन गरी भारतबाट सालको काठ काटेर ल्याउने कार्यमा संलग्न ६ जनालाई सशस्त्र प्रहरीले गए राति भीमदत्त नगरपालिकाको ब्रम्हदेव क्षेत्रबाट पक्राउ गरेको छ ।

पैदल गस्तीमा रहेको सशस्त्र प्रहरीले सीमा इलाकामा गस्ती गर्ने क्रममा ६० हजार रुपैयाँ मूल्य बराबरको सालको काठसहित ६ जनालाई पक्राउ गरेको हो । काठसहित पक्राउ परेका व्यक्तिलाई आवश्यक कारबाहीका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बुझाइएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वार्टर शैलेश्वरीका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरले ताए । काठसहित पक्राउ परेकाहरुको नाम भने सशस्त्र प्रहरीले सार्वजनिक गरेको छैन ।

यसैगरी, सशस्त्र प्रहरीले भारतबाट भन्सार छलेर ल्याइएको पाँच लाख ३४ हजार ७८० रुपैयाँ बराबरको अवैध सामानसमेत बरामद गरेको छ । बरामद सामान भन्सार कार्यालय गड्डाचौकीमा बुझाइएको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख २८, २०७८  १०:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC