site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
नेप्से २७ अंकले बढ्दा ४ अर्ब २० करोडको कारोबार, निर्जीवन बिमा लगानीकर्ताको रोजाइमा
Sarbottam CementSarbottam Cement

काठमाडौं । साताको पहिलो दिन गिरावट आएको सेयर बजारमा आज दोस्रो कारोबार दिन भने बढेको छ । आइतबार १८ अंकको गिरावट भएको बजार परिसूचक नेप्से सोमबार २७.४१ अंकले वृद्धि हुँदा २६४५.८६ अंकमा बन्द भएको छ ।

आइतबार २६१८.४४ अंकमा बन्द भएको नेप्से  सोमबार प्रि ओपन सेसनमा ५ अंकभन्दा माथिले घटेर २६१३.१८ अंकमा खुलेको थियो । बजार खुलेको केही मिनेट ओरालो लागे पनि लगत्तै उकालो लागेको बजार अन्ततः १ प्रतिशतभन्दा माथिले बढेर बन्द भएको छ ।

नयाँ बजेटअगाडि विश्वासको मत लिन संसद्को विशेष अधिवेशन आह्वान गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नपाउने निश्चित भएको छ । तीन दिनसम्म लगातार घटेको सेयर बजार कोभिड–१९ प्रभाव बढ्दै जाँदा पनि सरकारले विश्वासको मत नपाउने निश्चित हुँदा सोमबार हरियाली छाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

बजार परिसूचक बढे पनि कारोबार रकम भने घटेको छ । आइतबार ६ अर्बमाथिको कारोबार भएको बजारमा आज भने कारोबार रकम ४ अर्ब २० करोडमा सीमित भएको छ । आज नेप्सेमा ७५ लाख ७९ हजार ३ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब २० करोड ३८ लाख ३३ हजारको कारोबार भएको छ ।

सबै उपसूचकमा हरियाली छाउँदा सोमबार अन्य, उत्पादन र निर्जीवन बिमा उपसूचकले लिड गरेको छ । अन्य उपसूचक सर्वाधिक ३.९३ प्रतिशत, निर्जीवन बिमा २.६४ प्रतिशत र उत्पादन उपसूचक २.३७ प्रतिशतले बढेको छ । यस्तै, बजारलाई लिड गर्ने बैंकिङ उपसूचक भने ०.२ प्रतिशतले मात्रै बढेको छ ।

Global Ime bank

आज नेप्सेमा कारोबार रकममा नेपाल पुनर्बिमा कम्पनीले लिड गर्दा अपर तामाकोसीले पछ्याएको छ । नेपाल पुनर्बिमा कम्पनीको सर्वाधिक २७ करोड ४ लाख २८ हजार कारोबार हुँदा अपर तामाकोसीको १९ करोड ६७ लाख ६८ हजारको कारोबार भएको छ ।

आज नेप्सेमा राष्ट्रिय बिमा कम्पनीको साधारण र सस्थापक दुवै सेयरमा सकारात्मक सर्किट लाग्दा समता घरेलु लघुवित्त र रुरु जलविद्युत् कम्पनीको सेयर मूल्यमा पनि सकारात्मक सर्किट लागेको छ ।

यता, विशालबजार कम्पनीको सेयर मूल्यमा आज पनि नकारात्मक सर्किट लाग्दा जोशी हाड्रोपावरको सेयर मूल्य ४.१२ प्रतिशतले घटेको छ ।

आज कारोबारमा आएका १३५ कम्पनीको सेयर मूल्य बढ्दा २६ कम्पनीको घटेको छ । यस्तै, २२ कम्पनीको सेयर मूल्य भने स्थिर रह्यो ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख २७, २०७८  १५:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC