site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
ओलीको प्रशंसा गर्दै महन्थ ठाकुरले उठाए संविधानमाथि प्रश्न
फाइल तस्बिर
Sarbottam CementSarbottam Cement

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले संविधानका विषयमा गम्भीर प्रश्न उठाएका छन् । संविधानले स्थायित्वका लागि दुईवर्षसम्म अविश्वास प्रस्ताव राख्न नमिल्ने प्रावधानले प्रधानमन्त्रीलाई थप कमजोर बनाउने उनको दाबी छ । ठाकुरले प्रधानमन्त्रीले राखेका विश्वासको मत माग्ने पस्तावमा संसद्मा बोल्ने क्रममा यस्तो दाबी गरेका हुन् । 

“संविधानमा स्थायित्वका लागि भन्दै दुईवर्षसम्म अविश्वास प्रस्ताव राखन नमिल्ने प्रावधान राखिएको छ, त्यो प्रावधानमा नै गम्भीर त्रुटी छ,” ठाकुरले भने, “यदि पहिलो वर्ष नै प्रधानमन्त्री अल्पमतमा पर्‍यो भने के गर्ने ? बजेट त पास हुँदैन, अनि विश्वासको प्रस्ताव पनि ल्याउन पाउँदैन । त्यस्तो अवस्थामा के हुन्छ ?”

Prabhu Bank
Agni Group
NIC Asia

प्रधानमन्त्रीको प्रशंसा
अध्यक्ष ठाकुरले प्रधानमन्त्री ओलीको प्रसंशा गरेका छन् । मधेसका मुद्दका विषयमा प्रचण्ड,देउवादेखि ओलीसम्मले सुनिदिएको भन्दै सुनेर पनि पीडामा मलम लगाउने काम भने हुन नसेको बताए ।

“नेपाली कांग्रेसका अध्यक्ष शेरबहादुरजी, माओवादी केन्द्रका अध्यक्ष प्रचण्डजी हाम्रा पिडाहरू सुनिदिनुत हुन्छ, तर त्यसको समाधान गर्न कुनै पहल गर्नुभएन,” ठाकुरले भने, “तर, प्रधानमन्त्री ओलीको प्रसंशा किन गर्न चाहन्छु भने– "उहाँले हाम्रो पिडा सुनेर अघि बढाउने काम गर्नुुभएको छ ।” उनले प्रदेशका सांसददेखि मन्त्रीसम्म तारिख खेपlरहेको भन्दै प्रधानमन्त्रीले त्यो अवस्था अन्यको पहल गरिदिएको बताए ।

Global Ime bank

उनले प्रस्तावको पक्ष र विपक्ष दुवैतर्फ मतदान नगरेर तटस्थ बस्ने पनि बताए ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख २७, २०७८  १५:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC