site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
कोरोना कहरमा ठूल्ठूला शिलान्यास गर्दै हिँड्ने तपाई होइन, तपाईं अनुशासनमा नबस्ने अरुलाई सिकाउन मिल्छ ?
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीकै कारण कोरोना संक्रमण अनियन्त्रित बनेको आरोप लगाएका छन् । सदनमा सोमबार विश्वासको मतमाथिको छलफलमा बोल्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीले यसबीचमा ठूल्ठूला समारोह, रथयात्रा गरेको र त्यहीँबाट ह्वात्तै कोरोना फैलिएको बताए ।

“दोस्रो लहर सुरु हुन लागिसकेको थियो । संकेतहरू देखिइसकेको थियो । ठूल्ठूला समारोह, रथयात्रा त्यहीँबाट ह्वात्तै कोरोना फैलिएको होइन । तपाईं प्रधानमन्त्रीजस्तो मानिसले अनुशासनका नबसेपछि कोभिड कन्ट्रोलका निम्ति आत्मानुशासन पालना नगरिदिएपछि अरूलाई भन्ने नैतिक अधिकार कसरी हुन्छ ? रथयात्रा अलि पछि गरे हुँदैनथ्यो र ! मैले त तपाईंलाई भनेकै थिएँ नि, मेरो निर्वाचन क्षेत्रमा अयोध्यापुरी बनाउने भनेर अगाडि बढ्नु भएको थियो, म पनि गएर हेरेँ । मलाई त खुसी छ, मेरो निर्वाचन क्षेत्रमा ठूलो धार्मिक, पर्यटकीय क्षेत्र बन्न लाग्यो । तपार्ईंलाई कोरोनाको यो दोस्रो लहर सुरु हुन लागेको बेला हजारौँको भीड जम्मा गर्नेगरी त्यतिबेलै गर्नुपरेको थियो त ? अलि पछि गरे पनि हुन्थ्यो । तपाईंले थुप्रै शिलान्यास गर्नु भयो । कयौँको न बजेट छ, न ठाउँको ठेगान छ । न कुनै योजना छ, तर तपार्ईंले शिलान्यास गरिदिनुभयो बालुवाटार बसेर !”

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख २७, २०७८  १५:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC