site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
जसपामा सांसद तानातान : तटस्थ बस्ने र विपक्षमा बस्नेबीच प्रतिष्ठाको लडाइँ 
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने निर्णय गरेपछि सबैभन्दा लोकतन्त्रान्त्रिक शैलीमा जनता समाजवादी पार्टी (जसपा)को निर्णय आएको छ ।

तटस्थ बस्ने वा विपक्षमा मतदान गर्ने अधिकार सांसदहरुको स्वविवेकमा छोड्ने निर्णय गरेको जसपाको अभ्यासमा भने त्यस्तो अवस्था छैन । विपक्षमा मतदान गर्नेको संख्या बढाउन उपेन्द्र यादवसहित उनको पक्ष कसरत गरिरहेको छ । तटस्थ मतदानका पक्षमा रहेका महन्थ ठाकुरले भने पार्टी कार्यालय बबरमहलमा जम्मा भएर संसद् बैठकमा जाने तयारी गरेका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

यादव पक्षले २० बढी मत विपक्षमा दिने वचन अन्य पार्टीका नेताहरुलाई दिएको छ भने ठाकुर पक्षले आफ्नो पक्षमा भएका २२ सांसद तटस्थ बस्ने दाबी गरेको छ । त्यसैले यादवले भने कम्तीमा पनि आफ्नो पक्षका अर्थात १७ सांसदलाई विपक्षमा मतदान गराउन मिहिनेत गरिरहेका छन् ।

“हामी तटस्थ मतदानका पक्षमा भएकाहरु ढुक्क छौँ, हाम्रा पक्षमा रहेका २२ सांसद तटस्थ रहनुहुनेछ,” ठाकुर पक्षका एक नेताले भने, “उपेन्द्र–बाबुरामजीहरुले २० भन्दा बढी सांसदले विपक्षमा मतदान गर्छन् भन्नुभएको रहेछ । हेरौँ, उहाँहरुले भनेको कुरा कति पूरा गर्न सक्नुहुन्छ ।”

Global Ime bank

उनले अहिले तटस्थ बस्नु नै जसपाका लागि सबैभन्दा उपयुक्त भए पनि त्यसलाई यादव–भट्टराई समूहले अस्वीकार गरिरहेको बताए ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख २७, २०७८  १२:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC