site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
अन्तिम गीत अधुरै छोडेर गए वरिष्ठ गायक प्रधान 
Ghorahi CementGhorahi Cement

काठमाडाैं । वैशाख १२ गते फोन गर्दा वरिष्ठ गायक प्रेमध्वज प्रधानले आफू ५-६ दिनदेखि रुघाखोकीबाट ग्रसित भएकाले सन्चो नभएको बताएका थिए । 

तर पनि उनी केहीछिन बोल्न तयार भए । उमेरले ८४ लागिसकेका उनी अझै पनि गीत गाइरहेका थिए । पहिलेजस्तो रेकडिङ स्टुडियो धाइराख्न नसकेपनि उनी केही महिनाको अन्तरालमा नयाँ गीतहरू रेकर्ड गराउन स्टुडियो गइरहेका हुन्थे । हामीले पछिल्लोपटक कुरा गर्दा उनले सोही महिना (अप्रिल) मा मात्रै एउटा नयाँ गीत रेकर्ड गराउन स्टुडियो छिरेको सुनाउँदै थिए । 

उनले पछिल्लोपटक नाटक निर्देशक तथा लेखक पुरु लम्सालको ‘रोकिन नि सक्छ मुटु सास् चल्दा चल्दै, निभ्न सक्छ जिन्दगीको दियो बल्दा बल्दै...’ बोलको गीतमा स्वर भरेका थिए । 

Agni Group

“यो गीतका लेखक, संगीतकार सबै युवा नै छन् । करिब ८ महिनापछि म यो गीतका लागि स्टुडियो गएको थिएँ,” प्रधानले भनेका थिए, “गीतको रेकडिङको काम सकिसक्यो अब भिडियो मिक्सिङ बाँकी छ ।”

यो उमेरसम्म पनि गायनमा सक्रिय उनी गीतको नाम सोध्दा भने केही अलमलिए र ‘डायरी हेरेर भन्छु है’ भन्ने जवाफ फर्काए । पृष्ठभूमिमा उताबाट एक महिला आवाज उनलाई डायर पल्टाउन सहयोग गरिरहेकी थिइन् । 

Global Ime bank

“गीतको बोल भन्छु है, रोकिन नि सक्छ सास मुटु चल्दा चल्दै, निभ्न सक्छ जिन्दगीको दियो बल्दाबल्दै । रेकडिङ डेट पनि छ यहाँ फ्राइडे अप्रिल ९, अनि स्टुडियोको नाम चाँही वेब स्टुडियो नेपाल रहेछ,” उनले सुनाए ।

यो गीतका लागि भनेर उनी ८ महिनापछि स्टुडियो पसेका रहेछन् । “पैसाको लागि भन्दा पनि सकुन्जेल गाइनै राखु भन्ने सोचले अहिले पनि फाट्फुट गाइराखेको छुँ । मेरो अन्तिम गीत भनेको यही नै हो पुरु भाइको,” उनले भनेका थिए ।

त्योअघि भने उनले डा. दुर्गा बहादुर सुवेदीको ‘कहिले उत्सव जस्तो कहिले उमङ्ग जस्तो मेरो जिन्दगी’ भन्ने गीत गाएका थिए । यो गीतमा स्वर र कम्पोज प्रधान आफैँको हो ।
 
“उमेर पनि त भैसक्यो नि ८४ वर्ष पुगिसकेँ यो उमेरमा कस्ले गाउँछ र,” भन्दै उनी हाँसे । 

गायक प्रधानको निधनको खबरले दु:खित बनेका यस गीतका लेखक पुरु लम्साल भन्छन्, “सायद मैले नलेख्नुपर्ने गीत रहेछ अनि दाइले नगाउनुपर्ने गीत रहेछ । साह्रै नरमाइलो लागिरहेको छ ।”

यद्यपि सांगीतिक क्षेत्रका दिग्गज व्यक्तित्व प्रधानको अन्तिम गीतको रूपमा उनको गीत परेकोमा भने लम्साल आफूलाई भाग्यमानी ठान्छन् ।
 
लम्साल र प्रधानको सहकार्य केही वर्षअघि भएको एउटा अवार्ड कार्यक्रमले जुराएको हो । उनी विगत सम्झदै भन्छन्, “केही वर्षअघि एउटा अवार्ड कार्यक्रमको जुरीमा मैले दाइसँग बस्ने मौका पाएको थिएँ । त्यहीबेला दाइले मलाई भिजिटिङ कार्ड दिनुभयो र उहाँको युट्युब च्यानलको बारेमा जानकारी पनि दिनुभयो,” उनी ले भने, “मैले ‘दाइ म पनि लेख्छु नि’ भनेर भन्दा जवाफमा उहाँले त्यसो भए तिम्रो गीत पनि गाउँछु भन्नुभयो । मसँग यो गीतको दुई लाइन तयार नै थियो र मैले त्यही उहाँलाई सुनाएँ ।”

गायक प्रधानले अवार्डमा भनेका कुरा लम्सालको कानमा गुन्जिरह्यो र आफ्नो गीतमा उनको स्वर दिन पाउने आशामा उनले त्यो गीत पूरा लेखे । 

त्यसपछि लम्साल त्यो गीत लिएर संगीतकार जोन शाहीकोमा गए । कम्पोज भएपछि डमी गीत लम्सालले प्रधानलाई पठाए । उताबाट सुन्ने बित्तिकै ‘ओके’ को सिग्नल आयो र अप्रिल ९ मा रेकडिङ जुर्‍यो । 

लेखक लम्साल गायक प्रेमध्वज प्रधानले उनको गीतमा स्वर भरेकोलाई जिन्दगीकै अविस्मरणीय र एउटा महत्वपूर्ण उपलब्धी ठान्छन् । 

प्रधानको बिहीबार वसुन्धरास्थित न्युरो अस्पतालमा छातीको उपचारका क्रममा निधन भएको थियो । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख २३, २०७८  १९:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC