site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
अवैध पैसालाई वैध बनाउँ : तामाङ, अर्थमन्त्री पौडेलले भने– यस्तो कुरा गर्दा कालोसूचीमा परिन्छ
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिमा नेपाली कांग्रेसका सांसद पूर्णबहादुर तामाङले अवैध पैसालाई वैध बनाउन प्रस्ताव गरेका छन् । उनले नेपालीहरूसँग भएको पैसा जसरी कमाए पनि भ्याट लगाएर निकाल्ने व्यवस्था गर्न अर्थ मन्त्री विष्णु पौडेलसँग प्रस्ताव गरेका हुन् ।
 
“प्रत्येक नेपालीसँग भएको पैसा बाहिर निकाल्ने व्यवस्था गरौँ । १३ प्रतिशत भ्याट लगाएर नेपालमै भएको पैसा जे सुकै गरेर ल्याएको होस्, निकाल्न दिनुपर्‍यो । बरू त्योभन्दा कम कर लगाएर भए पनि निकाल्ने काम गरौँ,” उनले भने, “दुई नम्बरी गरेर ल्याएको होस् अथवा ६ नम्बरी गरेको होस् । यो काम एकपटक गरौँ ।” 
 
तर, जवाफमा मन्त्री पौडेलले गम्भीर कुरा उठेको बताए । नेपाल ‘ग्रे लिष्ट’मा परेको समय र यसबाट कसरी नेपाललाई बाहिर निकाल्ने भन्ने बहस गर्नुपर्नेमा सांसद तामाङको अभिव्यक्तिले झन् समस्या पर्ने पौडेलले बताए । 

“हामी नेपाललाई ग्रे लिष्टबाट बाहिर निकाल्ने गृहकार्य गरिरहेका छौँ । सदनमा यस्ता कुरामा छलफल भयो भन्ने सूचना बाहिर गयो भने हामी झन् समस्यामा पर्छौं,” मन्त्री पौडेलले भने, “यो समिति मिनि पार्ल्यामेन्ट हो । हामीले यस्ता कुरा गर्दै नगरौँ, कालो सूचीमा परिन्छ ।” 

प्रकाशित मिति: शुक्रबार, असार २०, २०८२  १३:३१
प्रतिक्रिया दिनुहोस्