site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
कारागारमा रहेका १४ नेपालीलाई आममाफी दिने कतारको घोषणा
Sarbottam CementSarbottam Cement

काठमाडौं । रमादान पर्वका अवसर पारेर कतार सरकारले १४ नेपाली कैदीबन्दीलाई आममाफी दिएको छ । कतारस्थित केन्द्रीय तथा अन्य कारागारमा विभिन्न आरोपमा सजाय भोगिरहेका उनीहरूई आममाफी दिइएको दोहास्थित नेपाली दूतावासले जनाएको छ ।

आममाफी पाउनेको विवरण दूतावासले सार्वजनिक गरेको छैन । कतार सरकारले विभिन्न अवसर पारेर त्यहाँस्थित कारागारमा रहेका नेपालीलाई आममाफी दिँदै आएको छ । दोहास्थित नेपाली दूतावासले नेपाली कैदीबन्दीको रिहाइका लागि कतार सरकारसमक्ष अनुरोध गरेको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

आममाफी पाएका नेपालीको स्वदेश फिर्ती सहज बनाउन कतार सरकारका सम्बन्धित निकायसँग आवश्यक समन्वय र सहजीकरण गरिने दूतावासले जनाएको छ ।

यसैबीच कतारले छिट्टै नयाँ नोट प्रचलनमा ल्याउने घोषणा गरेको उल्लेख गर्दै दूतावासले आफूसँग रहेका पुराना कतारी नोट तत्काल सटही गर्न त्यहाँ रहेका नेपालीलाई आग्रह गरेको छ । कतारले २०२१ जुलाई १ देखि पुराना नोट चलनचल्तीमा ल्याउन नपाइने जनाएको छ । कतारले राष्ट्रिय दिवसको अवसर पारी २०२० डिसेम्बर १८ देखि पाँचौँ संस्करणको नयाँ कतारी रियालको नोट प्रचलनमा ल्याएको छ । रासस

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख २३, २०७८  १८:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC