देश
काठमाडौं । २७ गते बोलाइएको प्रतिनिधिसभा बैठकका लागि गरिएको कोरोना परीक्षणमा चारजना सांसदको रिपोर्ट पोजेटिभ आएको छ ।
संसद् सचिवालयले दिएको जानकारीअनुसार चारजना सांसद र दु्ईजना कर्मचारीको रिपोर्ट पोजेटिभ आएको छ भने बाँकी सबैको रिपोर्ट नेगेटिभ आएको छ ।
संसद् सचिवालयका अनुसार सांसद, कर्मचारी, सुरक्षाकर्मीलगायत गरी ६ सय बढीको स्वाब संकलन गरिएको थियो ।
प्रकाशित मिति: बिहीबार, वैशाख २३, २०७८ १२:४२
प्रतिक्रिया दिनुहोस्