अर्थ व्यवसाय
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले कर विवरण तथा कर दाखिला गर्ने म्याद थप्न माग गरेको छ । नयाँ भेरियन्टको कोभिड—१९ महामारी रोक्न काठमाडौं उपत्यकासहित अन्य जिल्लाहरूमा समेत निषेधाज्ञा जारी गरिएको अवस्थामा उद्योग, व्यवसाय तथा कार्यालयहरू बन्द हुँदा व्यवसायी तथा कर्मचारी कार्यालयमा जान सक्ने अवस्था नरहेको चेम्बरले जनाएको छ ।
“सम्बन्धित कागजातहरू पनि कार्यालयमै रहने भएकोले यस परिस्थितिमा कर विवरण र कर रकम दाखिला गर्न अनलाइनबाट समेत सम्भव नभएकोले आवश्यक म्याद थप गरिदिने व्यवस्थाको लागि नेपाल सरकार समक्ष हार्दिक अनुरोध गर्दछौँ,” चेम्बरले भनेको छ ।
प्रकाशित मिति: मंगलबार, वैशाख २१, २०७८ १६:२६
प्रतिक्रिया दिनुहोस्