खेल
काठमाडौं । युरोपियन च्याम्पियन्सीपका खेलहरूका लागि २६ खेलाडी राख्न पाइने भएको छ ।
हरेक देशले अब प्रतियोगिताका लागि २६ खेलाडी राख्न पाउने भएका हुन् । यूईएफएको नियमअनुसार एक टिममा २३ खेलाडी राख्न पाउने नियम रहेको थियो । तर, कोरोना भाइरसको महामारीपछि २६ खेलाडी टिममा राख्न पाउने भएको हो ।
यूईएफए नेसन समितिले गरेको निर्णयलाई यूईएफएको कार्यकारी समितिले स्वीकृति दिएको हो ।
आगामी जुन ११ बाट सुरु हुने प्रतियोगिताका लागि टिमहरूले २६ जनाको टिम बनाएर जुन १ सम्म बुझाइ सक्नुपर्नेछ ।
प्रतियोगिताको फाइनल खेल १ जुलाईमा हुनेछ ।
प्रकाशित मिति: मंगलबार, वैशाख २१, २०७८ १६:१०
प्रतिक्रिया दिनुहोस्