site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
दैनिक उपभोग्य वस्तु तीन महिनाको लागि ‘स्टक’, आपूर्ति सहज : वाणिज्य विभाग
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । चामल, दालजस्ता दैनिक उपभोग्य वस्तु तीन महिनाको लागि स्टक रहेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक प्रकाश पौडेलले चामल, दाल, नुन, तेल, चिनीलगायत दैनिक उपभोग्यवस्तुहरु पूर्ण रुपमा ‘लकडाउन’ भएको अवस्थामा पनि तीन महिनालाई पुग्ने गरी बजारमा स्टक रहेको बताए । उपभोग्य खाद्यवस्तुको आपूर्ति सहज रुपमा भइरहेको उनको भनाइ छ ।

Prabhu Bank
Agni Group
NIC Asia

महानिर्देशक पौडेलले बजारमा खाद्यवस्तुको उपलब्धता सहज रुपमा हुने भन्दै उपभोक्तालाई आवश्यकताभन्दा बढी खरिद गरी सञ्चय नगर्न पनि आग्रह गरे । “चामल, दाल, नुन, तेल, चिनीलगायत न्यूनतम वस्तुको स्टक करिब तीन महिनालाई अझै पनि हामीलाई सप्लाइमा समस्या छैन । नआए पनि पुग्छ । खाद्यपदार्थको आपूर्ति सहज छ । उपभोक्ताले उपभोगको मात्रा बढाए, आवश्यकताभन्दा बढी खरिद गरिदिनुभो भने मूल्यवृद्धि गर्ने सम्भावना रहन्छ । आत्तिनुपर्ने अवस्था छैन,” उनले भने ।

दैनिक उपभोग्य वस्तुको अस्वाभाविक मूल्यवृद्धि भएको खन्डमा मूल्यवृद्धि गराउनेलाई कारबाही गरिने उनले बताए । बजारको अवस्थाको सम्बन्धमा विभागले दैनिक रुपमा अनुगमन गरिरहेको उनी बताउँछन् ।

Global Ime bank

उनले दैनिक उपभोग्य वस्तुको आयातमा कुनै पनि प्रकारको समस्या नभएको जानकारी दिए । दैनिक उपभोग्य वस्तुहरु, मास्क, स्यनिटाइजरजस्ता अत्यावश्यक वस्तुहरु सहज रुपमा नाकाबाट आयात भइरहेको उनको भनाइ छ ।

उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सिनाले बजारमा आपूर्तिको समस्या नभए पनि केही दैनिक उपभोग्य वस्तुहरुको अस्वाभाविक रुपमा मूल्यवृद्धि भइरहेको बताए । विभागले बजार अनुगमन गरी कालोबजारी गर्नेलाई कडा कारबाही गर्नुपर्ने उनको माग छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख २१, २०७८  १३:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC