site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
५० शय्याको आइसोलेसन सेन्टर सञ्चालन गर्दै ललितपुर महानगर
Siddhartha BankSiddhartha Bank

काठमाडौं । ललितपुर महानगरपालिकाले चिकित्सक, नर्स र अक्सिजन कन्सन्ट्रेटर (अक्सिजन उत्पादन गर्ने विद्युतीय मेसिन)सहितको आइसोलेसन सेन्टर सोमबारदेखि सुरु गर्ने भएको छ  ।

ललितपुर महानगर प्रमुख चिरिबाबु महर्जनको अध्यक्षतामा आइतबार बसेको बैठकले ललितपुर–२६, सुनाकोठीस्थित नेपाल युथ फाउन्डेसनको पोषण पुनःस्थापना गृहमा ५० शय्याको आइसोलेसन सेन्टर सुरु गर्ने निर्णय गरेको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

नेपाल युथ फाउन्डेसन, पाटन अस्पताललगायत अन्य रिफरल अस्पताल र महानगरबीच सोमबार त्रिपक्षीय सम्झौता गरी औपचारिक रुपमा आइसोलेसन सेन्टर सुरु गर्ने प्रमुख महर्जनले बताए । अघिल्लो वर्ष उक्त गृहमा महिला र बालबालिकाका लागि क्वारेन्टिन सञ्चालन गरिएको थियो ।

यसैगरी, ललितपुर–४, बागडोलस्थित ज्यापु समाजको ११० शय्याको वृद्धाश्रम पनि आइसोलेसन सेन्टरका लागि तयारी अवस्थामा रहेको छ । प्रमुख महर्जनले नगरवासीको स्वास्थ्य र सुरक्षा पहिलो प्राथमिकता भएको बताउँदै कोभिड–१९ को दोस्रो लहरबाट नागरिकलाई जोगाउन महानगरले कुनै कसर बाँकी नराख्ने बताए ।

Global Ime bank

उनले भने, ‘‘ज्यापु समाजसँग पनि छलफल भइरहेको छ, त्यहाँ अहिले ज्येष्ठ नागरिक बस्नुभएको छैन । आवश्यक पर्नेबित्तिकै वृद्धाश्रम प्रयोग गर्न सकिन्छ ।”

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख १९, २०७८  १७:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement