काठमाडौं । भारतमा कोरोना संक्रमणको दोस्रो लहर सुरु भएसँगै अक्सिजनको अभावमा दिनहुँ धेरै व्यक्तिले ज्यान गुमाइरहेका छन् । कोरोना संक्रमित बढेसँगै भारतमा अक्सिजन सिलिन्डर, बेड, औषधिलगायत अत्यावश्यक सामग्रीहरुको अभाव भएको छ ।
बलिउड स्टारहरुले संकटमा फेरि एकजुट भएर सहयोगी हात अघि बढाएका छन् । अभिनेता सुनील सेट्टीले केभीएन फाउन्डेसनसँग मिलेर निःशुल्क अक्सिजन केन्द्रको व्यवस्था गर्ने भएका छन् । सेट्टी–केभीएन मिलेर ‘फिड माइ सिटी’ नामसहित आवश्यक ठाउँमा अक्सिजन केन्द्र तयार गर्न लागेका हुन् ।
अस्पतलामा कोरोना संक्रमितको बढ्दो चाप थेग्न हम्मे–हम्मे परेपछि अभिनेता अजय देवगनले केही सहकर्मीसँग मिलेर मुम्बईस्थित शिवजी पार्कमा इमर्जेन्सी वार्ड बनाएका छन् ।
बीएमसीले पार्कको हलमा भेन्टिलेटर र अक्सिजनसहितको २० वटा बेडलाई कोभिड–१९ संक्रमितको उपचारको लागि तयार पारेको छ । अभिनेता देवगनले उनको एनवाई फाउन्डेसनमार्फत बीएमसीलाई एक करोड भारु सहयोग उपलब्ध गराएका हुन् ।
अभिनेता अक्षय कुमार र श्रीमती ट्विंकल खन्ना पनि अगाडि आएका छन् । अक्षय र ट्विंकलले १०० अक्सिजन केन्द्र (प्रतिमिनेट ४ लिटर अक्सिजन आपूर्ति गर्ने) प्रदान गर्ने वाचा गरेका छन् । यी अक्सिजनहरु सिधै बेलायतबाट आउने भएकाले केही भरपर्दो एनजीओहरुको बारेमा जानकारी गराउन ट्विंकलले आग्रह गरेकी छन् ।
कोरोनाको पहिलो चरणदेखि नागरिकको सहयोगमा निरन्तर लागिरहेका अभिनेता सोनु सुदले घरमै बसेर कोरोना परीक्षण गराउने सुविधा ल्याएका छन् ।
उनले हिलवेल२४ र कृष्ण डाइग्नोस्टिकसँग मिलेर ‘फ्रि कोभिड हेल्प’को सुरुवात गरेका हुन् । यो ट्रोल फ्री एपअन्तर्गत घरमै बसेर कोरोना परीक्षण गराउनेदेखि निःशुल्क डाक्टरसँग परामर्श लिन सकिन्छ । एजेन्सीको सहयोगमा