पोखरा । राष्ट्रिय जनमोर्चाका सांसद सम्पर्कविहीन भएपछि गण्डकी प्रदेशको प्रदेशसभा बैठक स्थगित भएको छ । बुधबारको बैठकमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्तावमाथि मतदान गर्ने तय भएको थियो । तर, जनमोर्चाका प्रदेश सभा सदस्य खिम विक्रम शाही सम्पर्कविहीन बनेका थिए ।
त्यसपपछि आफ्नो सांसद्को अवस्था अज्ञात रहेकाले जनमोर्चाकी सचेतक पियारी थापाले सदनको कारबाही अघि नबढाउन माग गर्दै सभामुखलाई निवेदन दिएकी थिइन् । त्यसैको कारण देखाउँदै बुधबारको बैठक स्थगित गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ ।
यद्यपि जनमाेर्चाका सांसद शाही अस्पतालमा भर्ना भएकाे खुलेकाे छ ।
प्रदेश सभा सचिवालयकाे सुचनापत्र :
उपरोक्त सम्बन्धमा–माननीय मुखामनीन्यूको विरोधमा राखिएको अविश्वासको प्रस्तावमा राष्ट्रिय जनमोचाले समर्थन जनाइ रोको सन्दर्भमा सदनमा मतदानको परिस्थिति बनेको दिन हाम्रो पार्टीको प्रदेश सभा सदस्य श्री विम विक्रम शाहीको अवस्था अज्ञात रहेकोले सदनमा उपस्थित हुन नमन भएकोले उहाँको अवस्था सार्वजनिक गर्न, निजको जीवन रक्षा गर्न र निज सार्वजानिक नभए सम्म सदनको कारबाही नचलाइयोस भन्ने व्यहोराको निवेदन राष्ट्रिय जनमोर्चा पार्टीको सचेतक माननिय श्री पियारी थापाले दिनुभएकोले यस विषम परिस्थितिमा निवेदन माथि सम्बोधन नगरि सदन सन्चालन गर्न उपयुक्त नभएकोले अर्को सुचना नभए सम्मका लागि गण्डकी प्रदेशसभाको आजको बैठक स्थगित भएको व्यहोरा सुचित गरिन्छ ।