site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
२७ सांसदलाई स्पष्टीकरण पार्टी विभाजनको उपज : झाँक्री
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेकपा (एमाले)को खनाल–नेपाल समूहले अध्यक्ष केपी शर्मा ओलीले पार्टी विभाजनको लागि २७ सांसदहरुलाई स्पष्टीकरण सोधेको निष्कर्ष निकालेको छ ।

ओलीले आज स्पष्टीकरणपत्र थमाएपछि बानेश्वरमा बसेको खनाल–नेपाल समूहको बैठकपश्चात प्रतिक्रिया दिँदै नेत्री रामकुमारी झाँक्रीले पार्टी विभाजनको पक्षमा ओली एक वर्षअघिदेखि नै रहेको आरोप लगाइन् ।

Prabhu Bank
Agni Group
NIC Asia

०७७ वैशाखमा ओलीले अध्यादेश ल्याएर पार्टी विभाजन गर्न खोजेको र त्यसपछि निरन्तर पार्टी विभाजनको पक्षमा रहेको आरोप पनि उनले लगाइन् । आज २७ जनाका लागि सोधिएको स्पष्टीकरण पनि त्यसैको उपज भएको उनको भनाइ थियो ।

उनले आफूहरुले दल त्याग नगरेको र नयाँ दल खोल्ने पक्षमा नरहेको पनि जानकारी दिइन् ।

Global Ime bank

खनाल–नेपाल समूहले ओलीले सोधेको स्पष्टीकरणको व्यक्तिगत जवाफ पनि दिने भएको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख ७, २०७८  १७:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC