मुम्बई । अभिनेता सैफ अली खान र करिना कपुरका छोरा तैमुर अली खान मिडिया फ्रेन्ड्ली छन् । उनी आफ्ना आमा बुबासँग प्रायः क्यामरामा कैद भइराख्छन् ।
तर खान दम्पतीले आफ्नो दोस्रो सन्तानलाई भने केही समय पब्लिक नगर्ने निर्णय लिएका छन् । यस जोडिसँग नजिकका एक व्यक्तिले खान दम्पतीको यो रक्षासंयन्त्र भएको भन्दै यसो भने, “तैमुरमा कस्तो असर पर्यो हेर्नुस् । सैफ र करिनाले तैमुरको फोटो खिच्न दिए र उनीहरू चाहन्थे कि तैमुर फोटोग्राफरहरूको अगाडि ज्ञानी होस् । तर अहिले फोटोग्राफरहरू देख्ने वित्तिकै तैमुर हात हल्लाउन थाल्छ, जुन एउटा बच्चाको लागि राम्रो होइन ।”
पहिलो सन्तानले धेरै एक्सपोजर पाएपछि करिना र सैफले आफ्नो दोस्रो सन्तानलाई कम्तीमा केही समयका लागि भिडबाट पुरै टाढा राख्ने निर्णय लिएका हुन् । बलिउड हंगामा