site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
सरकारले प्रेस स्वतन्त्रतामाथि अङ्कुश लगाउने प्रयास गर्‍यो : प्रकाशमान सिंह
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारले प्रेस स्वतन्त्रतामाथि अङ्कुश लगाउने प्रयास गरिरहेको भन्दै सबै मिलेर प्रतिवाद गर्नुपर्ने बताएका छन् । नेपाल प्रेस युनियन काठमाडौं शाखाले सोमबार पत्रकार महासंघमा नवनिर्वाचितहरूलाई सम्मान गर्न आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
 
नेपालका पत्रकारहरू सँधै प्रतिगमन र असंवैधानिक कदमका विरुद्धमा उभिएको भन्दै उनले प्रसंशा पनि गरे । सूचना प्रविधि विधेयकलगायतका प्रेससँग जोडिएका विधेयकहरू ल्याउँदा सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने गरि ल्याएको पनि उनले बताए ।  “केपी ओली नेतृत्वको सरकारले प्रेस स्वतन्त्रतामाथि अङ्कुश लगाउने प्रयास गरिरहेको छ । सबै मिलेर प्रतिवाद गर्नुपर्छ,” उनले भने । 

पत्रकारहरूले वास्तविक, निष्पक्ष ढङ्गले कलम चलाई देश र जनाताको पक्षमा काम गर्न र कसैको डर धम्कीसँग नडराई निष्पक्ष ढङ्गले पत्रकारिता गर्न पनि उनले आग्रह गरे । 

Prabhu Bank
Agni Group
NIC Asia

त्यस्तै, कार्यक्रममा पूर्व अर्थराज्यमन्त्री, कांग्रेस नेता उदयशमशेर राणाले नेपालको पत्रकारिता सँधै लोकतन्त्रको पक्षमा उभिने गरेको भन्दै प्रेसले खेलेको भूमिका सराहनीय भएको बताए । “हिजो राजाको प्रतिगमनविरुद्ध उभिएको नेपालको प्रेस अहिलेको सरकारको प्रतिगमनविरुद्ध पनि उभिएको छ,” उनले भने । अन्य देशहरूमा निश्चित अवधिमा मिडियाहरू एजेण्डाबाट बाहिरिने गरेपनि प्रतिगमनको विपक्षमा नेपालको प्रेस सँधै अडिग रहेको भन्दै उनले पत्रकार महासंघको नवनिर्वाचित समितिलाई शुभकामना दिए । 

पत्रकार महासंघका अध्यक्ष बिपुल पोखरेलले सरकारको प्रेस बिरोधी कदमविरुद्ध महासंघ कडा रूपमा प्रस्तुत हुने बताए । 
कार्यक्रममा पत्रकार महा

Global Ime bank

संघ केन्द्र, उपत्यका, प्रतिष्ठान, एसोसियट प्रदेश र काठमाडौं, भक्तपुर र ललितपुरबाट निर्वाचितहरूलाई सम्मान गरिएको थियो । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख ६, २०७८  १८:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC