राजनीति
काठमाडौं । सरकारका प्रवक्ता सूचना तथा प्रविधि मन्त्री पार्वत गुरुङले सरकार परिवर्तन गर्न खोज्नेहरुलाई प्रशस्तै समय दिए पनि नसकेपछि संसद् अधिवेशन अन्त्य गरेको बताएका छन् ।
सोमबार सञ्चार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै उनले यस्तो बताएका हुन् ।
“हामीले संसद् छल्न अधिवेशन स्थगित गरेका होइनौँ,” उनले भने, “सरकार परिवर्तनको समय दियौँ तर परिवर्तन गर्न सक्नुभएन । संसद्को पनि बिजनेस नभएको र नयाँ सरकार बनाउन खोज्नेहरुको पनि कुनै तयारी नभएको हुँदा स्थगित गरेका हौँ । सरकार संसद्बाट भागेको होइन ।”
प्रकाशित मिति: सोमबार, वैशाख ६, २०७८ १७:४७
प्रतिक्रिया दिनुहोस्