site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
वाग्मती प्रदेशको सर्वदलीय बैठकमा तीन विषयमा छलफल
Sarbottam CementSarbottam Cement

काठमाडौं । वाग्मती प्रदेशको सर्वदलीय बैठकमा प्रदेशसभाको अबरुद्ध बैठक सुरु गर्ने, कोभिड १९ र नीति तथा कार्यक्रमका विषयमा छलफल भएको छ । सोमबार भएको बैठक यी तीन विषयमा केन्द्रित रहेको भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयालले जानकारी दिए ।

“बैठकमा प्रदेशसभाको अवरुद्ध बैठक र प्रदेशसभालाई व्यवस्थित कसरी गर्ने, कोभिड–१९ को नियन्त्रण र रोकथाममा हालसम्म गरेका काम र अब कसरी बढ्ने ?, महामारीलाई पराजित गर्न स्थानीय तह, प्रदेश र संघले कसरी समन्वय गर्ने ? र नीति तथा कार्यक्रममा विषयमा छलफल भयो,” उनले भने । 

Prabhu Bank
Agni Group
NIC Asia

बैठकमा आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रमबारे दलहरुको सुझाव माग गरेको उनले बताए । त्यस्तै बैठकमा  विद्युतीय यातायातका विषयमा पनि छलफल भएको उनले जानकारी दिए । 

“विद्युतीय प्रणालीको यातायात व्यस्थापनका लागि यातायात प्रणालीमा सुधार ल्याउनुपर्छ । डिजिटल वाग्मती प्रदेशको अभियान छ ।  हरित वाग्मती प्रदेश अभियानमा छौं । यसका लागि खनिज पदार्थबाट चल्ने साधनलाई नियन्त्रण र विद्युतीय साधनको प्रयोगलाई बढावा दिन गइरहेका छौँ” बैठकमा भएको छलफलबारे उनले भने ।

Global Ime bank

यसले आफ्नै उत्पादनको प्रयोग हुने र रकम सञ्चिति हुने उनले बताए ।    

मन्त्री फुँयालले त्यसका लागि कानुन पनि बनाएर व्यवस्थापनका लागि बोर्ड बनाइएको र सार्वजनिक बस खरिद प्रक्रिया टेण्डरमा रहेको उनले बताए । बैठकमा मुख्यमन्त्री डोरमणी पौडेलले प्रणालीको सुधारको पक्षमा रहेको बताएका थिए ।

त्यस्तै बैठकमा कोभिड १९ को व्यवस्थापनबारे मुख्यमन्त्रीले भने, “कोभिड १९ का लागि हामीले ध्यान दिएका छौँ । काठमाडौंमा त केन्द्र सरकारकाले पनि गरिरहेको छ । १० जिल्लामा थप व्यवस्थापन गरेका छौं । १३ वटा अस्पताल पनि छन् ।  भेन्टिलेरसहितको सुविधा गरेका छौं ।”

बैठकमा मन्त्रीहरुसहित माओवादी केन्द्रका नेताहरु भने बाहिरी जिल्लामा रहेकोले सहभागी नभएको र नेकपा एमाले, नेमकिपा र राप्रपाका नेताहरुको सहभागि भएको मन्त्री फुयालले बताए ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख ६, २०७८  १२:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC