site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
ओ’डोडको शतकमा नेदरल्यान्ड्सले दियो मलेसियालाई १९२ रनको लक्ष्य
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेदरल्यान्ड्सले त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजअन्तर्गत दोस्रो खेलमा मलेसियालाई १९२ रनको लक्ष्य दिएको छ ।

आइतबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै १९१ रन बनायो ।

Prabhu Bank
Agni Group
NIC Asia

नेदल्यान्ड्का लागि म्याक्स ओ’डोडले शतक प्रहार गरे । उनी ७३ बलमा १५ चौका र ६ छक्कासहित १३३ रनमा अविजित रहे । बेन कुपर २० बलमा दुई चौकासहित २० रन जोडेर अविजित रहे ।

दोस्रो ओभरको पहिलो बलमा टोबियस भिसेलाई पवनदीप सिंहले एक रनमै बोल्ड गर्दै मलेसियालाई पहिलो सफलता दिलाएका थिए । भिसेलले चार बलमा एक रन बनाए ।

Global Ime bank

आठौँ ओभरको तेस्रो बलमा स्कर्ट एडवार्डसलाई अनवर रहमानले ३१ रनमा एलबीडब्लू आउट गर्दै मलेसियालाई दोस्रो सफलता दिलाए । एडवार्डसले २३ बलमा तीन चौका र एक छक्का प्रहार गरे ।

मलेसियाले जवाफी ब्याटिङ गर्दै छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख ५, २०७८  १४:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC