site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
म डराइरहेको थिएँ
Sarbottam CementSarbottam Cement

बलिउडमा अभिनेता नवाजुद्दीन सिद्दीकी राम्रा कलाकारमध्येमा पर्छन् । उनको जीवन्त अभिनयले नै उनालाई यो दर्जा मिलेको हो । नवाजकाअ अनुसार त्यो कलाकार नै सफल हुन्छ, जोसँग आफ्नै फरक ‘स्टाइल’ हुन्छ । यदि, नयाँ कलाकारहरूले ‘सुपरस्टार्स’को सिको गरे उनीहरूलाई दर्शकले मन नपराउने नवाज मान्छन् ।

सुपरस्टारहरु फेक अभिनय गर्छन्
आफ्नो अभिनयले धेरैपटक दर्शकको मन जितिसकेका नवाजले सुपरस्टाहरूले फेक अभिनय गर्दै आएको आरोप लगाए । उनी भन्छन्, “म आफ्नो अनुभवले यति भन्न चाहन्छु कि तपाईंले आफ्नो स्टाइल (शैली) छोड्नु हुन्न । जति पनि सुपरस्टारहरू छन्, उनीहरू सबैले फेक अभिनय गर्छन् । त्यसैले म भन्छु कि आफनो बाटो आफैँले निर्माण गर्नुपर्छ । म तपाईंको ओरिजिनल अभिनय हेर्न चाहन्छु । यदि, तपाईंले कुनै सुपरस्टारले जस्तो अभिनय गर्नुहुन्छ भने म तपार्इंलाई किन हेरूँ ! तर, यदि तपाईंले राम्रो तर आफ्नै मौलिक केही गर्नुभयो भने अवश्य पनि म तपाईंलाई हेर्न चाहन्छु ।” 

Prabhu Bank
Agni Group
NIC Asia

व्यक्तिगत स्वार्थका लागि सुपरस्टारहरू डिजिटल प्लेटफर्ममा 
पछिल्लो समय सुपरस्टारहरू आफ्नो व्यक्तिगत स्वार्थका लागि डिजिटल प्लेटफर्ममा आएको उनको गुनासो छ । “सुरुमा केहीले राम्रो काम गर्न जोसका साथ डिजिटल प्लेटफर्ममा गइरहेका थिए । तर, अहिले लकडाउन भएका कारण हलमा चलचित्र रिलिज नभएपछि ठूला स्टारहरू पनि यो प्लेटफर्ममा आइरहेका छन् । यो राम्रो कुरा होइन । अब ठूला–ठूला डिजिटल प्लेटफर्मले पनि सुपरस्टारहरूसँग काम गरिरहेका छन् । उनीहरू (सुपरस्टार) यो प्लेटफर्ममा पहिला नै किन आएनन् त ?,” उनले भने । 

म्युजिक भिडियो गर्न डराएको थिएँ
अभिनेता नवाजले हालै म्युजिक भिडियोमा डेब्यु गरे । उनले गायक बी प्राकको गीत ‘बारिश की जाए’ गीतबाट यसमा डेब्यु गरेका हुन् । प्रायः गम्भीर दृश्यहरूमा देखिइरहेका नवाजलाई यसमा एक चञ्चले प्रेमीको रूपमा धेरै दर्शकले मन पराइरहेका छन् । यही भिडियोका विषयमा नवाजको अभिव्यक्ति यस्तो छ, “मेरो अनुभव केही फरक थियो । मैले यसअघि म्युजिक भिडियो गरेको थिइनँ र गर्ने सोच पनि थिएन । यो भिडियो हामीले दुई दिनमा छायांकन गरेका हौँ । सुरुमा म डराइरहेको थिएँ । किनभने, मैले कहिले नृत्य गरेको थिइनँ । तर, रिहर्सल गरेपछि सबै ठिक भयो ।”
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख ४, २०७८  ०९:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
राजनीति फेरि ओरालोतिर !
राजनीति फेरि ओरालोतिर !