site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
कोरोना संक्रमितको संख्या चार महिना यताकै उच्च, थप ९०० संक्रमित थपिए
Sarbottam CementSarbottam Cement

काठमाडौं । पछिल्लो समय नेपालमा कोभिड–१९ संक्रमितको संख्या दैनिक बढ्दै गएको देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकले दिनप्रतिदिन संक्रमितको संख्यामा वृद्धि भइरहेको देखाउँछ । 

बिहीबार पछिल्लो २४ घण्टामा ९ सय जना कोभिड–१९ संक्रमित थपिएका छन् । यो मंसिर महिनायताकै उच्च संक्रमितको संख्या हो । ६ हजार १५८ वटा नमुामाको परीक्षण गरिएकोमा नौ सय जनाको नतिजा पोजेटिभ आएको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

योसँगै नेपालमा कूल संक्रमितको संख्या दुई लाख ८२ हजार ८९० पुगेको छ । त्यस्तै २४ घण्टामा २०८ जना संक्रमणमुक्त भएका छन् योसँगै देशमा कोरोनामुक्त हुनेको संख्या दुई लाख ७४ हजार ८१२ पुगेको छ । 

त्यस्तै पछिल्लो २४ घण्टामा कोभिड–१९ का कारण चार जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड १९ का कारण मृत्यु हुनेको संख्या ३ हजार ७० पुगेको छ । 

Global Ime bank

पछिल्लो २४ घण्टामा संक्रमित हुनेहरुमा सबैभन्दा धेरै वाग्मती प्रदेशमा ४२७ जना छन् । त्यस्तै लुम्बीनीमा २४८ जना, प्रदेश २ मा ४९, प्रदेश १ मा ३५, गण्डकीमा ४६ र सुदूरपश्चिम प्रदेशमा ३१ जना छन् । कर्णली प्रदेशमा भने पछिल्लो २४ घण्टामा संक्रमित देखिएका छैनन् । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख ३, २०७८  १७:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC