अर्थ व्यवसाय
काठमाडौं । सुन–चाँदीको भाउमा वृद्धि आएको छ । शुक्रबार सुनको भाउ तोलामा ७०० रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबारका लागि छापावाल सुनको भाउ तोलाको ९० हजार ५०० रुपैयाँ कायम गरेको छ । बिहीबार तोलाको ८९ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, तेजाबी सुनको भाउ पनि बढेर तोलाको ९० हजार पुगेको छ ।
चाँदीको भाउ पनि तोलाको १३ सय रुपैयाँ पुगेको छ । महासंघले शुक्रबारका लागि चाँदीको भाउ तोलाको १३ सय कायम गरेको हो । बिहीबार तोलाको १२ सय ९० रुपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित मिति: शुक्रबार, वैशाख ३, २०७८ १२:२६
प्रतिक्रिया दिनुहोस्