काठमाडौं । नयाँ वर्ष २०७८ को अवसर पारेर विष्णुमती नदी सफाइ अभियान सुरु गरिएको छ । बुधबारदेखि अभियान सुरु गरिएको हो । बुधबार बिहान विष्णुमती नदीको शोभाभगवती क्षेत्रबाट सफाइ अभियान थालिएको हो ।
विष्णुमती नदी उपत्यकावासीको सभ्यता, धर्म, परम्परा र जीवनपद्धतिसँग जोडिएको भए पनि हाल प्रदूषित अवस्थामा रहेका कारण वातावरण बिग्रँदै गई मानव स्वास्थ्यलाई समेत असर पर्न थालेकाले सफाइ अभियान सञ्चालन गर्नुपरेको सांसद जीवनराम श्रेष्ठले बताए ।
विष्णुमती सफाइ हरेक महिनाको अन्तिम शनिबार बिहान ७ बजेदेखि ९ बजेसम्म गरिने उनले जानकारी दिए ।
विष्णुमती सफाइमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, काठमाडौं महानगरपालिका, विभिन्न संघ–संस्थाहरु र स्थानीयको सहभागिता रहेको रहेको थियो ।