जेनेभा । अफ्रिकी देश मोजाम्बिकमा करिब १० लाख मानिसहरु चरम भोकमरीमा परेका संयुक्त राष्ट्रसंघले जनाएको छ । राष्ट्र संघअन्तर्गतको विश्व खाद्य कार्यक्रमले मंगलबार जेनेभामा ब्रिफिङ गर्दै उत्तरी मोजाम्बिकका १० लाख नागरिक चरम भोकमरीमा रहेको जानकारी दिएको हो ।
उक्त क्षेत्रमा जिहादी विद्रोहीका कारण सयौं हजारौं मानिसहरुलाई विस्थापित हुन बाध्य पारिएको जनाइएको छ ।
“सुरक्षा अवस्था बिग्रिएपछि मोजाम्बिकको उत्तरी क्षेत्रका ९ लाख ५० हजारभन्दा बढी मानिसले चरम भोकमरीको सामना गरिरहेका छन्,” विश्व खाद्य कार्यक्रमका प्रवक्ता टोमसन फिरीले भने ।
गृहयुद्धमा रहेको मोजाम्बिकको उत्तरी प्रदेश काबो डेलगाडोमा स्लामिक स्टेटसँग संबद्ध उग्रवादीहरुले मानिसहरुको हत्या गरी शहर कब्जा गर्दै आएको छ ।