site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
रावलको प्रश्न– प्रधानमन्त्रीले लिम्पियाधुरा, लिपुलेक, कालापानी कता हालेछन् ?
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेकपा (एमाले)का नेता भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीले लिम्पियाधुरा, लिपुलेक, कालापानी कता हालेछन ? भन्दै प्रश्न गरेका छन् । आइतबार धनगढीमा पत्रकारहरुसँग कुरा गर्दै उनले राष्ट्रपतिले वितरण गरेको पदकको तक्मामा नेपालको नक्सामा समेटिएको भूमि नराखिएको भन्दै आपत्ति जनाएका हुन् ।

“लिम्पियाधुरा, लिपुलेक, कालापानी कता पुर्‍याउनुभएछ प्रधानमन्त्रीले ? उहाँको गृह मन्त्रालयबाट स्पष्टीकरण आएको छ । स्पष्टीकरण सुन्दा दुःख पनि लागेको छ, आश्चर्य बढी लागेको छ । गृह मन्त्रालयले भन्छ, तक्मा दिने निर्णय पहिल्यै भएको थियो । सार्वभौमसत्ताको अभ्यास गर्ने जनप्रतिनिधिले एक मतले पारित गरेपछि पहिल्यै निर्णय भएकाले नराखिएको भनेर ढाँट्ने ? राष्ट्रहितविपरीत चिन्तन । कानुनी र राजनीतिक दृष्टिकोणबाट गृह मन्त्रालयको तर्क गलत छ,” उनले भने ।

Prabhu Bank
Agni Group
NIC Asia

आफ्नो भूमि समेटेर प्रतिनिधिसभाले पारित गरेपछि सच्याउनु पर्दैन ? भन्दै उनले प्रश्न गरे । लिपुलेक, लिम्पियाधुरा, कालापनी नेपालको भूमि होइन भनेर सामान्त गोयलसँग निर्णय गरेको भए आफूहरुलाई जानकारी नभएको उनको भनाइ थियो ।

नेता रावलले पार्टीमा कारबाही भएर आफ्नो पद जाने विषयमा चिन्ता नरहेको पनि बताए । एमाले अध्यक्ष ओलीले विधानविपरीत गरेको भन्दै पदबारे चिन्ता नलिन उनले आग्रह गरे ।

Global Ime bank

“पद कहाँ जान्छ ? के गर्छ ? भन्नेमा चिन्ता छैन । कसैले कसैको पद खान सक्दैन । हामी नेकपा एमालेमा नै छौँ,” उनले भने ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत २९, २०७७  १३:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC