काठमाडौं । भुक्तानी सेवा प्रदायक इसेवाले एजेन्ट नेटवर्कलाई लक्षित गरि सञ्चालन गरेको ‘इसेवाको कारोबार, सुनै सुनको बहार’ नामक योजनाका विजेतालाई उपहार प्रदान गरेको छ । कम्पनीले आयोजना गरेको एक कार्यक्रममा इसेवाका प्रमुख रणनीतिक अधिकृत रोशन लामिछानेले उपहार हस्तान्तरण गरे ।
यस योजनामा ५ जनाले एक/एक तोला सुन, १८ जनाले ल्यापटप, २२ जनाले एण्ड्रोइड मोबाईल, ५१ जनाले २५ हजार रिवार्ड पोइन्ट, ३ सय ४ जनाले १० हजार रिवार्ड पोइन्ट, ८ सय १६ जनाले ५ हजार रिवार्ड पोइन्ट जित्न सफल भए ।
इसेवामा आवद्द भई कारोबार गरिरहेका सम्पूर्ण एजेन्ट नेटवर्कलाई मध्यनजर गर्दै इसेवाले बोनस रिवार्डका साथै ल्याप्टप, मोबाईल देखि सुन सम्म जित्न सकिने बम्पर अफर गत फागुन १, २०७६ देखी चैत्र ३०, २०७७ कार्तिक १५ देखी माघ ३० सम्म उपहार योजना सञ्चालन गरेको थियो ।