site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
माइतीघरमा प्रदर्शन- चुच्चे नक्सा नभएका पदक खारेज गर
तस्बिर : राष्ट्रपतिको कार्यालय ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । राष्ट्रका विभिन्न क्षेत्रमा योगदान पुर्‍याएकाहरुलाई सरकारले वितरण गरेको पदकमा नेपालको नयाँ नक्सा प्रयोग नगरिएको भन्दै युवा संघ नेपालले विरोध प्रदर्शन गरेको छ । शनिबार काठमाडौंको माइतीघरमा नेकपा एमाले खनाल नेपाल समूहनिकट युवा संघका नेताहरुले प्रदर्शन गरेका हुन ।

राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार शीतल निवासमा राष्ट्रका विभिन्न क्षेत्रमा योगदान पुर्‍याएकाहरुलाई विभिन्न मानपदवी, अलंकार र पदक वितरण गरेकी थिइन् । तर, ती पदकहरुमा नेपालले गत वर्ष अनुमोदन गरेको नयाँ नक्सा प्रयोग नभई पुरानै नक्सा प्रयोग भएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

त्यसैको विरोधमा विरोध प्रदर्शन गरिएको हो । प्रदर्शनकारीहरुले ‘लिपुलेक र कालापानीसहितको चुच्चे नक्सा खोई ?’, ‘नेपालको पूर्ण नक्सा (चुच्चे)को प्रयोग सुनिश्चित गर’लगायत लेखिएका ब्यानर तथा प्लेकार्ड बोकेका थिए ।

उनीहरुले सरकारविरुद्ध नाराबाजी समेत गरे । प्रदर्शनकारीले ‘संविधान मिच्न पाइँदैन’, ‘चुच्चे नक्सा प्रयोगमा ल्याऊ’, ‘राष्ट्रघाती सरकार मुर्दावाद’, ‘चुच्चे नक्सा प्रयोग नभएका पदक खारेज गर’लगायत नारा लगाएका थिए ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत २८, २०७७  १४:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC