site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
यसरी लगाइँदै छ चीनबाट आएको खोप 
तस्बिर : सुनील प्रधान/बाह्रखरी ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । चीनमा एमबीबीएस चौथो वर्षको अन्तिम सेमेस्टर पढ्दै गरेका सर्लाहीका पंकजप्रसाद साह गत डिसेम्बरमा नेपाल फर्किए । सन् २०२० मार्चमा चीन फर्कने उनको योजना थियो । तर, कोभिड–१९ को संक्रमण फैलिँदै गएपछि साह नेपालमै रोकिए ।

अनलाइनबाट कक्षा लिइरहेको भए पनि कहिले पढाइ पूरा गरेर इन्टर्नसिप सक्ने भन्नेबारे उनलाई वर्षैभरि चिन्ता लागिरह्यो । अधुरो पढाइका कारण साहजस्ता धेरै विद्यार्थीको एक वर्ष अन्योलमै बित्यो ।

Prabhu Bank
Agni Group
NIC Asia

एमबीबीएस पूरा गरेर चीनमै इन्टर्नसीप गरिरहेका विद्यार्थी महामारीका कारण चीन फर्कन नपाउँदा मारमा परेका छन् । चीनबाटै आएको कोभिड–१९ विरुद्धको खोप लगाएपछि अब पढाइमा फर्कने बाटो खुलेको उनीहरु बताउँछन् ।

सरकारले आजदेखि चीनमा छात्रवृत्तिमा अध्ययन गरिरहेका तथा जाने तयारीमा रहेका विद्यार्थी, अत्यावश्यक सेवामा काम गर्ने कर्मचारी, होटेल, ट्रेकिङ, विज्ञापन र इन्टरनेट क्षेत्रमा काम गर्ने व्यक्ति, औषधि, फलफूल, तरकारी व्यापारी र प्राध्यापकहरुलाई खोप दिने निर्णय गरेको छ । उनीहरुलाई सम्बन्धित विश्वविद्यालयको परिचयपत्र, पासपोर्ट, व्यापारीको हकमा आबद्ध कम्पनीको परिचयपत्रका आधारमा खोप दिइएको छ ।

Global Ime bank

आज पहिलो दिन विद्यार्थीहरुलाई प्राथमिकतामा राखेर खोप दिइएको स्वास्थ्य कार्यालय काठमाडौंका स्वास्थ्य प्रमुख बद्रीबहादुर खड्काले बताए । चीन सरकारले अनुदानमा उपलब्ध गराएको आठ लाख डोज खोप चार लाख नागरिकलाई दिइनेछ । यो चरणको खोप अभियान कति दिनसम्म चल्ने भन्नेबारे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अहिलेसम्म नतोकेको पनि खड्काले बताए ।

डेरी, फलफूल र तरकारी व्यवसायीलाई के आधारमा दिइन्छ खोप ?
अहिले चलिरहेको खोप अभियानमा तरकारी तथा फलफूलसँगै डेरी व्यवसायीलाई पनि कोभिड–१९ विरुद्धको खोप दिइने भएको छ । यी क्षेत्रमा काम गरिरहेका व्यवसायीले आफू आबद्ध संघ–संगठन, समितिले दिएको परिचयपत्रका आधारमा खोप पाउनेछन् । परिचयपत्र नभएका व्यवसायीलाई सम्बन्धित भौगोलिक क्षेत्रको व्यवसायी समितिले लिखित सिफारिस गरेको आधारमा पनि खोप दिइने स्वास्थ्य प्रमुख खड्काले बताए ।

कस्तो हो भेरोसेल खोप ?
नेपालमा आजदेखि लगाइएको कोभिड–१९ विरुद्धको भेरोसेल खोप चीनको सरकारी कम्पनी सिनोर्फामले उत्पादन गरेको हो । यो खोप एकपटकमा ०.५ एमएलका दरले दुईपटक तीन हप्ताको फरकमा लगाइन्छ । भेरोसेलको पहिलो चरणको परीक्षण चीनमा २०२० जनवरी पहिलो सातादेखि जुनसम्म गरिएको थियो । जुलाइ महिनामा यसको दोस्रो चरणको परीक्षण यूएईका विभिन्न राज्यमा गरिएको थियो भने तेस्रो चरणको परीक्षण अगस्टमा मोरक्को र पेरुका नागरिकमा गरिएको थियो  । अन्तिम चरणको परीक्षणमा ७९.३४ प्रतिशत प्रभावकारी पाइएको थियो । चीनसहित अहिले यो खोप विश्वका विभिन्न १७ देशमा प्रयोग भइरहेको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत २५, २०७७  १५:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC