site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
नेप्सेमा फेरि नयाँ रेकर्ड : ११ कम्पनीमा सकारात्मक सर्किट, साढे ७ अर्बकाे कारोबार
Sarbottam CementSarbottam Cement

काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार परिसुचक नेप्से दोहोरो अंकले वृद्धि हुँदा पुनः नयाँ रेकर्ड कायम गरेको छ । मंगलबार बजार परिसुचक नेप्से १५.४२ अंकले वृद्धि  हुँदा २६७४.४७ अंकमा बन्द भएको छ ।  

नेप्से वृद्धि हुँदा कारोबार रकम करिब साढे ७ अर्ब पुगेको छ । नेप्सेमा अ‍ाज ७ अर्ब ४७ करोड ७७ लाख ९५ हजारको कारोबार हुँदा १ करोड ६१ लाख ८ हजार ४९९ कित्ता सेयर किनबेच भएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

अ‍ाइतबार बनाएको रेकर्ड तोड्दै सोमबार २६५८.७५ अंकमा बन्द भएको थियो । नेप्ले मंगलबार उक्त रेकर्ड ब्रेक गरेको हो ।  गत मंसिर १३ गते ५३ महिना पुरानो (२०७३ साउन १२ गतेको) १८८१ अंकको रेकर्ड ब्रेक गर्दै अगाडि बढेको नेप्से फागुन ९ गते २६४० अंकको ऐतिहासिक बिन्दुमा पुगेको थियो । त्यसपछि करिब १० प्रतिशतको करेक्सन भएर डेढ महिनामा नै उक्त रकेर्ड ब्रेक गर्दै आइतबार २६५७.६१ अंकमा पुगेको थियो । सोमबार उक्त रेकर्ड ब्रेक गरेकोमा अ‍ाज पुनः नयाँ रेकर्ड बनाएको हो ।

आज बजारलाई लिड गर्ने बैकिङ उपसुचकको साथै वित्त कम्पनि जीवन बिमा, निर्जिवन बिमा, अन्य र व्यापार उपसुचक घटेका छ । तर विकास बैक, लघुवित्त, हाइड्रोपावर, उत्पादन, होटेल तथा पर्यटन, लगानि उपसुचक उल्लेख्य बढेका छन् । व्यापार उपसुचक सर्वाधिक ९.४६ प्रतिशतले घटेको छ भने निर्जिवन बिमा उपसुचक २.०४ प्रतिशत, वित्त कम्पनि उपसुचक १.१० प्रतिशत र बैकिङ उपसुचक ०.०३ प्रतिशतले घटेको छ । 

Global Ime bank

यता होटेल तथा पर्यटन उपसुचक सर्वाधिक ५‍‍.६२ प्रतिशतले वृद्धि  हुँदा हाइड्रोपावर उपसुचक ४.४६ प्रतशतले बढेको छ ।

करोबार रकममा भने नेपाल इन्फ्रास्ट्रचर बैकले लिड गरेको छ । बैंकका सबैभन्दा धेरै ३९ करोड ८० लाख ५७ हजारको कारोबार भएकोछ। यस्तै चिलिमे हाइड्रोपावर को ३१ करोड १० लाख ६४ हजारको कारोबार भएकने छ ।

आज नेप्सेमा चन्द्रागिरी हिल्ससहित ११ कम्पनीको सेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । सेयर मुल्यमा सर्किट लाग्नेमा हाइड्रोपावर र लघुवित्त बढी छन् ।

साल्ट ट्रेडिङकने सेयर मुल्यमा नकारात्मक सर्किट लाग्दा अजोड इन्योरेन्स र सानीमा जनरल इन्स्योरेन्सको मुल्यमा करिब ९ प्रतिशतले घटेको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत २४, २०७७  १५:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC