काठमाडौं । चौधरी ग्रुप (सीजी) ले चार दशकदेखि राष्ट्रिय तथा बहुराष्ट्रिय ब्राण्डका घरायसी सामग्री बिक्री वितरण गर्दै आएको छ । यही आयामलाई निरन्तरता दिँदै ई.ओ.एल. प्रा.लि.द्वारा वितरित सीजी सि.जी. इलेक्ट्राेनिकका सामानहरू (एल.ई.डी. बल्ब, स्विच, सकेट, एम सि बी, पनेल लाइट, सबमिटर, मोडुलर/सेमीमोडुलर स्विच, स्ट्रीट लाइट आदि) साथै केन्ट ब्रान्डको पंखा, नेक्स मोडुलर स्विच तथा हिटरहरु बिक्री वितरण गर्दै आएको जनाएको छ ।
कम्पनीले यस विधामा सीजीका आर.जी.बी प्यानललाइट पनि थपेको जनाएको छ । यसको लागि हेटाैंडा डिलरको सम्मेलन आयोजना सम्पन्न गरेको छ । मकवानपुरका लागि आधिकारीक विक्रेता स्वस्तिक सप्लायर्स रहेको जनाइएको छ ।
सीजीका आर.जी.बी. प्यानललाईट लामोसमय टिक्ने, ऊर्जाको बचत, उत्कृष्ट रंग रेन्डरिंग, २४ महिनाको वारेन्टी साथै सि.जी.को क्वालिटीको ग्यारेन्टी रहेको कम्पनीले जनाएको छ ।