site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
वारेन बफेटसँग लन्च गर्ने हो ? कतिसम्म तिर्न तयार हुनुहुन्छ ?
Sarbottam CementSarbottam Cement

वासिङ्टन । १९७० देखि कम्पनी बर्कशायर हेथवेका सबैभन्दा ठूला सेयरहोल्डर वारेन बफेट विश्वका सर्वाधिक धनी व्यक्ति भए पनि मिडियामा उनी अनौठो छविका लागि प्रसिद्ध छन् । कम खर्चालु र उदारवादी स्वभावका बफेटले च्यारिटीमा दान दिनको लागि २० वर्षयता विशेष उपाय अपनाउँदै आएका छन् ।

च्यारिटीमा रकम दान गर्न उनले आफूलाई लिलाम गर्ने गर्छन् । यसबापत पाउने उच्च मूल्यले उनी कति लोकप्रिय छन् भन्ने स्पष्ट पार्छ । उनको यो च्यारिटी कार्यक्रम स्मिथ एन्ड वलेन्स्की रेस्टुरेन्टले सन् २००४ देखि सञ्चालन गर्दै आएको छ । जसमा बफेटले आफूलाई उच्च मूल्यमा खरिद गर्नेसँग एकपटक सँगै बसेर लन्च गर्ने गरेका छन् ।

उनीसँग लन्च गर्ने मूल्य सन् २००० मा २५ हजार डलरबाट सुरु भएको थियो । २०१९ मा उनीसँग लन्च गर्ने मूल्य ४५ लाख डलर पुगिसकेको छ । स्यानफ्रानसिस्कोमा घरबारविहीन र एडिक्सनविरुद्धको च्यारिटी ‘ग्लाइड’मा दान गर्नका लागि उनले ‘लन्च विथ वारेन बफेट’ अभियान सञ्चालन गरेका हुन् । यसमा विजेताले सातजनासम्म साथी पनि ल्याउन पाउनेछन् ।

Prabhu Bank
Agni Group
NIC Asia

स्मिथ एन्ड वलेन्स्कीका संस्थापक एलन स्टिलमनले बफेटको यो अभियान सुरु हुँदाको आफ्नो रोचक अनुभव सुनाएका छन् । उनका अनुसार पहिलोपटक वारेनसँग सम्पर्क गर्न खोज्दा उनको फोन नम्बर पाउनै एक वर्ष लागेको थियो । आफूले कम्पनीमा फोन गर्न नचाहेकाले बफेटसँगै कुरा गर्न एक वर्ष पर्खिएको उनले बताए । 

उनको फोन उठाएर बफेटले भनेका थिए, “हाइ म वारेन हुँ ।” एलन भन्छन्, “त्यति सुन्नासाथ म स्तब्ध बनेँ । मलाई पत्याउनै गाह्रो भयो कि म वारेन बफेटसँग फोनमा थिएँ । अनि, मैले वारेन, म एलन स्टलमन हुँ भनेर आफूलाई चिनाएँ । मेरो एउटा रेस्टुरेन्ट छ, स्मिथ एन्ड... र यसपछि मैले आफ्नो वाक्य टुंग्याउनै पाइनँ ।

Global Ime bank

उनले भने– एन्ड वालेन्स्की होइन ? मैले भनेँ– हो, सही भन्नुभयो । तपाईँलाई कसरी थाहा भयो ? अनि, बफेटले जवाफ दिए– म तपाईँका केही रेस्टुरेन्टहरुमा निरन्तर गइरहन्छु । अनि, मैले आश्चर्य मान्दै सोधेँ– हो र ? मसँग एउटा आइडिया छ, तपाईँका लागि । अनि, उनले सोधे– कस्तो आइडिया ? मैले भनँे– मलाई पनि तपाईँको च्यारिटीका लागि दान गर्न मन छ । त्यसैले अब तपाईँ न्युयोर्कमा आएर हाम्रो रेस्टुरेन्टबाट लन्च गर्नुहोस्, स्मिथ एन्ड वालेन्स्कीमा । अनि, म त्यसबाट प्राप्त सबै पैसा तपाईँको मन पर्ने च्यारिटीलाई दान दिन्छु ।”

यसको पाँच सेकेन्डमै बफेटले “हुन्छ । उसो भए हामीबीच डिल भयो है त । तपाईँ सबै बन्दोबस्त मिलाउनुहोस् । अनि, म त्यहाँ आइपुग्छु” भनेको एलन याद गर्दै सुनाउँछन् ।

यसरी ‘लन्च विथ वारेन बफेट’ हरेक वर्ष स्मिथ एन्ड वलेन्स्कीमा सञ्चालन हुन थाल्यो । उनका अनुसार लन्चको समयमा बफेटलाई जेसुकै प्रश्न पनि सोध्न सकिन्छ । तर, सेयर बजारमा वास्तवमै चासो नभएसम्म वा त्यससँग सम्बन्धित नभएसम्म उनी स्टकबारे कुनै विशेष जानकारी दिन इच्छुक छैनन् । तर, त्यसबाहेक अरु जेसुकै कुरा जान्न चाहे पनि बफेटसँग मज्जाले गर्न पाइन्छ ।

एलनका अनुसार यत्तिका वर्ष बितिसक्दा पनि बफेटमा केही फरक आएको छैन । उनी सधैँ एक पहेँलो ट्याक्सीमा आउने गरेको र एकै किसिमको लन्च खाने गरेको एलनले बताए । वारेन बफेटसँग जे खानेकुरा छ, उनीसँग लन्च खान आउनेले पनि पनि त्यही खान पाउनेछन् । वारेनले लन्चमा सधैँ स्टेक (मासुको परिकार) र डायट कोक अर्डर गर्ने गरेका छन् । बफेटले एकदम धेरै डायट कोक खाने गरेको बारे यसअघि मिडियामा पनि चर्चा चलेको थियो । र, वास्तवमै बफेटले एक दिनमा पाँचवटासम्म पनि खाने गरेको एलन बताउँछन् ।

तर, साधारणजस्तो लाग्ने भए पनि वारेन बफेट हामीले चिनेजानेका मानिसहरुमध्ये सबैभन्दा प्रभावशाली व्यक्ति महसुस हुनेमा कुनै शंका नभएको एलनले बताए । एलनले थप भनेका छन्, “बफेटले आफूले भनेका कुरा वास्तवमै इमानदारपूर्वक विश्वास गर्छन् । उनी आफ्नो सीमाभन्दा बाहिरका कुरा गर्दैनन् । र, उनी स्मिथ एन्ड वालेन्स्कीका ठूला समर्थक हुन् ।”

बफेटसँग लन्च गरिसकेकाहरुले पनि उनीसँग बिताएको समय अमूल्य रहेको व्याख्या गर्दै आएका छन् । यसकारण पनि ‘लन्च विथ बफेट’ अझैसम्म लोकप्रिय छ । सीएनबीसी
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत २३, २०७७  ०७:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
राजनीति फेरि ओरालोतिर !
राजनीति फेरि ओरालोतिर !