site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
मनकामना केबलकारको स्तरोन्नति गरिँदै
Sarbottam CementSarbottam Cement

काठमाडौं । मनकामना केबलकारको स्तरोन्नति गरिने भएको छ । वि.सं. २०५५ सालदेखि केबलकार सेवा प्रदान गर्दै आएको कम्पनीले नयाँ–नयाँ प्रविधिको प्रयोग गर्दै केबलकारको स्तरोन्नति गर्न लागेको जनाएको छ ।

पूर्ण रुपमा स्तरोन्नति गर्न करिब दुई वर्ष लाग्ने कम्पनीले जनाएको छ । केबलकार भने मर्मतको समयमा बाहेक अन्य समयमा सञ्चालनमा आउने कम्पनीका कार्यकारी सञ्चालक राजेशबाबु श्रेष्ठले बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

“दुई हप्ताअगाडि कम्पनीका मान्छे आएर प्राविधिक अडिट गरे । तीन चरणमा स्तरोन्नति गर्न सकिने रिपोर्ट दिएका छन् । सोहीअनुसार केबलकारको स्तरोन्नति गर्न लागेका हौँ,” उनले भने । केबलकारको मुख्य लट्ठा दुई वर्षपछि फेरे हुने प्राविधिक अडिट रिपोर्ट आएकाले लट्ठा फेर्ने काम अन्तिम चरणमा गरिने उनले बताए ।

तीन चरणमा केबलकारको स्तरोन्नति सम्पन्न गरिने उनले जानकारी दिए । पहिलो चरणमा तत्काल अति आवश्यक र मर्मत गर्न नसकिने पाटपुर्जा फेर्ने, दोस्रो चरणमा नयाँ प्रविधमैत्री बनाउन पूर्वाधार तयार तथा केही अन्य थप पाटपुर्जा फेर्ने र अन्तिम चरणमा हालको एनालग प्रणालीबाट डिजिटल प्रणालीमा स्तरोन्नति गर्ने, केबलको लट्ठा फेरबदल गर्ने, डीसी ड्राइभलाई एसी ड्राइभमा रुपान्तरण गरी विद्यमान प्रविधियुक्त बनाइने श्रेष्ठले जनाएका छन् ।

Global Ime bank

एकैपटक स्तरोन्नति गर्न ५/७ महिना लाग्ने भएकाले विभिन्न चरणमा स्तरोन्नतिको काम गर्दै जाने उनले बताए । “४/५ दिन ४/५ दिन बन्द गरेर स्तरोन्नतिको काम गर्छौँ । लामो समय बन्द गरेर एकैपटक स्तरोन्नति गर्दैनौँ,” उनले भने, “केबलकार बन्द हुने दिनको बारेमा दर्शनार्थीलाई केही दिनअगाडि नै जानकारी गराउँछौँ ।”

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत १९, २०७७  १५:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC