अर्थ व्यवसाय

काठमाडौं । साउदी अरबस्थित नेपाली दूतावासले वैदेशिक रोजगारीको सिलसिलामा साउदीमा रहेका नेपाली नागरिकलाई सामाजिक सञ्जाल प्रयोग गर्दा सावधानी अपनाउन आग्रह गरेको छ ।
दूतावासले साउदी अरबको साइबर अपराधविरूद्धको कानुन, २००७ को कोही कसैले उल्लंघन गरेमा पाँच वर्षको जेल सजाय वा ३० लाख रियालसम्म वा दुवै जरिवाना हुने भएकोले सो कानुनको प्रतिकूल हुने कुनै पनि गतिविधि नगर्न अनुरोध हो ।
कसैले पनि आफ्नो फोनबाट अनावश्यक म्यासेज वा कुरा नगर्न सल्लाह दिइएको छ । फेसबुक, इमो, ह्वाट्सएप, म्यासेन्जर वा अन्य माध्यमबाट साउदी कानुनको बर्खिलाप हुने गरी कुनै कुरा अपलोड, सेयर, लाइक, कमेन्टसमेत नगर्न दूतावासले सचेत गराएको छ ।
दूतावासको सूचना पढ्नोस्
प्रकाशित मिति: बुधबार, चैत १८, २०७७ १७:०२
प्रतिक्रिया दिनुहोस्