काठमाडौं । मोडल हन्ट नेपाल सिजन ६ उपाधि प्रविण चापागाईं र अनिशा शाक्यले जितेका छन् । प्रतियोगितामा ३४ जना युवा एवं ३२ जना युवतीबीच प्रतिस्पर्धा भएको थियो ।
प्रतियोगिताको फस्ट रनर अपतर्फ मिनाल्ड लामिछाने र श्रीयशी श्रेष्ठ तथा सेकेन्ड रनर अपतर्फ अनुप कार्की र परितोषिका पन्त विजेताका रुपमा छनोट भए । ग्लोबल आईएमई पे भोटिङ पार्टनर रहेको सो प्रतियोगितामा लक्ष्मी राना र सौर्या तिर्वा मोस्ट स्टाइलिस, प्रविण चापागाईं र राजश्री कार्की वेस्ट पर्सनालिटी, अनुप कार्की र सरिता बाडी वेस्ट वाक, शुभम् भण्डारी र श्रीरुधी बस्न्यात पब्लिक च्वाइस तथा मि एन्ड मिस मल्टिमिडिया, प्रतिभा गुरुङ र कविर घले गुरुङ सोसियल्ली रेस्पोन्सिबल विधातर्फ विजयी बनेका थिए ।
यसैगरी, विनय पन्त र अनिशा शाक्य मोस्ट फोटोजेनिक, मिनाल्ड लामिछाने वेस्ट फिजिक र अदिति मानन्धर बेस्ट फिगर, गणेशराज जोशी र श्रीयशी श्रेष्ठ कमर्सियल मोडल, सौगात श्रेष्ठ र पूजा कार्की मोस्ट पपुलर, शुभम् भण्डारी र स्मृति ओली होप इन्टरनेसल एजुकेसनका ब्रान्ड एम्बेसडर, शुभम् भण्डारी र स्नेहा पोखरेल फेस अफ ओखतीका रुपमा छनोट भए ।