site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
ज्योति लाइफको आईपीओ बाँडफाँड, १२ लाख ४ हजार आवेदकले पाएनन् 
Sarbottam CementSarbottam Cement

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्सको धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बाँडफाँड भएको छ । बिक्री प्रबन्धक एनएमबी क्यापिटलले कम्पनीको आईपीओ आज बाँडफाड गरेको हो । 

कम्पनीले कुल योग्य आवेदक मध्ये धितोपत्र निष्कासन बाँडफाँड नियमावली २०७४ अनुसार गोलाप्रथाबाट ५ लाख ९४ हजार आवेदकलाई १० कित्ताको दरले सेयर बाँडफाड भएको छ ।
 
कम्पनीको आईपीओमा कुल १८ लाख ४२ हजार ४८० आवेदकको आवेदन परेको थियो । जसमध्ये बैंक खातामा समस्या अथवा विविध कारणले बैंकहरुबाट सीडीएससीको सिस्टममा जानु पूर्व ४१ हजार ७०३ वटा आवेदन रद्ध भएको छ । यस्तै आवेदन भेरीफाइको क्रममा दुई वा दुईभन्दा बढी आवेदन दिने यस्तै दोहोरो आवेदन परेको २ हजार ९२२ आवेदन रद्ध भएको बिक्री प्रबन्धकले जनाएका छ । जसमध्ये १७ लाख ९७ हजार ३५ योग्य आवेदकबाट ३ करोड ५ लाख ९९ हजार ३६० कित्ता सेयर माग भएको हो ।
 
सोही योग्य आवेदक मध्ये ५ लाख ९४ हजार आवेदकले गोलाप्रथाबाट १० कित्ता सेयर पाउँदा  बाँकी रहेका १२ लाख ३ हजार ८३५ आवेदकको हात खालि भएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

कम्पनीले गएको फागुन २१ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ६६ करोड रुपैयाँ बराबरको ६६ लाख कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको थियो । जसमध्ये ५ प्रतिशत अर्थात् तीन लाख ३० हजार सामुहिक लगानी कोषका लागि र ५ प्रतिशत अर्थात तीन लाख ३० हजार कित्ता नै कर्मचारीका लागि सुरक्षित गरेर बाँकी रहेको ५९ लाख ४० हजार कित्ताका सर्वसाधारणको लागि बिक्री खुला गरेको थियो ।

लगानीकर्ताले आईपीओ रिजल्ट आईपीओ निष्काशन गर्ने सम्बद्ध कम्पनी ज्योति लाइफ इन्स्योरेन्सको वेवसाइट, सिडिएस एण्ड क्लियरिङको मेरो शेयर मोबाइल एप र बिक्री प्रबन्धक एनएमबी क्यापिटलको वेबसाइटबाट मात्र हेर्न सक्नेछन् । आईपीओ रिजल्ट डट सीडीएससीडटकमडटएनपी पोर्टलमा पनि आईपीओ रिजल्ट हेर्न सकिनेछ ।

Global Ime bank

हाल एक अर्ब ५४ करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको आईपीओ निष्कासनपछि चुक्ता पुँजी दुई अर्ब २० करोड रुपैयाँ पुग्नेछ । आईपीओ निष्कासनपछि कम्पनीको संस्थापक र सर्वसाधारण सेयर हिस्सा ७०ः३० प्रतिशत हुनेछ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत १३, २०७७  १३:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC